आज: २०८३ श्रावण ३, आईतबार | Sun, 19, Jul, 2026

युवा उद्यमीद्वारा ‘जर्नी भाइब्स ट्राभल्स एण्ड टुर्स’ को शुभारम्भ


  • समाचार कुञ्ज
  • २०८२ भाद्र २०, शुक्रबार मा प्रकाशित १0 महिना अघि
  • १०२ पाठक संख्या
  • नयाँ सोच, उद्यमशीलता र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित “जर्नी भाइब्स ट्राभल्स एण्ड टुर्स” नामक यात्रा तथा पर्यटन कम्पनीको शुक्रबार राजधानीमा औपचारिक शुभारम्भ गरिएको छ। गैरसरकारी संस्था महासंघका अध्यक्ष अर्जुन भट्टराईले एक विशेष कार्यक्रममा कम्पनीको उद्घाटन गर्नुभयो।

    ghiring

    ghiring

    नेपालको प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटनलाई विश्वस्तरमा चिनाउन युवा उद्यमीहरूले सुरु गरेको यस कम्पनीमार्फत हिमाल आरोहण, पदयात्रा, ग्रामीण भ्रमण, सांस्कृतिक र धार्मिक यात्रा, प्राकृतिक दर्शनलगायतका आकर्षक प्याकेज उपलब्ध गराइने जनाइएको छ ।

    उद्घाटन समारोहमा बोल्दै अध्यक्ष भट्टराईले भन्नुभयो, “युवा उद्यमीहरूले सुरु गरेको यस्तो पहलले नेपालको पर्यटन क्षेत्रलाई नयाँ जोश दिनेछ। हाम्रो मुलुकको समृद्धि सम्भावना पर्यटनमै छ, त्यसलाई व्यावसायिक, प्रविधिमुखी र विश्वसनीय बनाउन यस्ता कम्पनीहरूको ठूलो योगदान रहनेछ।”

    यस्तै कम्पनीका सह–संस्थापक बसन्त काफ्लेले भन्नुभयो, “हामीले नेपालको ग्रामीण पर्यटन र मौलिक जीवनशैलीलाई विश्वसामु चिनाउने लक्ष्य लिएका छौँ। यसमार्फत ग्रामीण समुदायलाई प्रत्यक्ष लाभ पुर्‍याउँदै रोजगारी सिर्जना गर्ने हाम्रो उद्देश्य छ।”

    कम्पनीले नेपाललाई विश्वकै उत्कृष्ट पर्यटन गन्तव्यका रूपमा स्थापित गर्दै यात्रुलाई सुरक्षित, सहज र जीवनभर सम्झनलायक अनुभव प्रदान गर्ने रहेको छ। कम्पनीले ग्रामीण पर्यटन प्रवर्द्धनमार्फत स्थानीय समुदायलाई प्रत्यक्ष लाभ पुर्‍याउने अठोट समेत व्यक्त गरेको छ।

    युवाद्वारा सुरु गरिएको “जर्नी भाइब्स ट्राभल्स एण्ड टुर्स” को यो कदमले नेपालको पर्यटन प्रवर्द्धनसँगै रोजगारी सिर्जना, ग्रामीण विकास र राष्ट्रिय अर्थतन्त्रमा ठोस योगदान गर्ने विश्वास गरिएको छ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    लोकप्रिय
    ताजा अपडेट