आज: २०८२ फागुन १७, आईतबार | Sun, 01, Mar, 2026

घरमा कोहि नभएको मौका पारी देवचुली-१५ मा लाखौंको धनमाल चोरी


  • समाचार कुञ्ज
  • २०८१ बैशाख २७, बिहिबार मा प्रकाशित १ साल अघि
  • ७ पाठक संख्या
  • रामकुमार श्रेष्ठ, नवलपुर । नवलपुरको देवचुली नगरपालिका १५ प्रगतिनगर नारायणी टोलमा देवीलाल रानाभाटको घर कोही नभएको मौका पारी चोरी भएको छ ।

    घरका सबै मानिस तनहूको घिरिङ पहाड गएको बेला उनको घरमा चोरी भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक नरहरि रेग्मीले बताए ।
    स्थानीय बासिन्दा प्रितम भुजेलका अनुसार उनको घरबाट २४ तोला सुन, डेढ तोला चाँदी, १ लाख ७० हजार नगद नेपाली रुपैयाँ, ४ हजार नगद भारतीय रुपैया चोरी भएको पीडितले जनाएका छन् ।

    उनीहरु विगत ५/७ दिन पहाड गएको र आज घर फर्किएर आउँदा मात्र चोरीको घटना थाहा भएको प्रहरीले जनाएको छ । प्रहरी उपरीक्षक रेग्मीका अनुसार अपराधीको खोजी भईरहेको छ ।

    रानाभाटको घरको मुल ढोका र अन्य कोठाहरुको समेत ताला फोडी चोरी भएको प्रहरीले जनाएको छ । उनको घरको दराज, कोठामा भएका सामानहरु लथालिङ अवस्थामा पाइएको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट