
समाचार कुञ्ज मंसिर १६, तनहुँको घिरिङ गाउँपालिका वडा नम्बर १ पुटगाउँमा रहेको गुद्वि भञ्ज्याङ् आधारभूत विद्यालयका विद्यार्थीहरूलाई
न्यानो पोशक कपडा वितरण गरिएको छ ।उक्त बिधालयका
भुतपुर्ब बिद्यार्थीहरु पबित्रा थापा मगर कावासोती ३ ,नुना थापा मगर बौदिकाली डेढगाउ खहरे ,सिमा राना मगर निस्दी १ पोखरिथोक हाल यु.के सहकार्यमा कक्षा १ देखि कक्षा ५ सम्मका ३० जना विद्यार्थीलाई विद्यालयमा न्यानो ट्रय्राक,सुट वितरण गरिएको पवित्रा थापा मगरले बताईन् ।
थापाले आफुले
क,ख,ग सुरूवात गरेकोविद्यालयमा सा-साना बालबालिकालाई
सहयोग गर्न पाउँदा खुसि समेत व्यक्त गरिइन् । बिधार्थी हरु को उज्वल भविष्य को कामना गर्दैन्यानो पोशाकले बिधार्थी भाइ बहिनिहरु लाइ जाडो बाट जोगाउने र विधार्थीहरु को आत्मबल बलियो भै शैक्षिक नतिजा राम्रो आउनेआशा ब्यक्त गर्नु भएको थियो यस्तै, न्यानो कपडा वितरण कार्यक्रमले कक्षा १ देखि ५ सम्ममा अध्ययन गरिरहेका बालबालिकालाई धेरैराहत पुगेको विद्यालयका प्रधानाध्यापक नर बहादुर थापाले बताउनुभयो।जाडो मौसममा न्यानो कपडाले बालबालिका निरन्तरविद्यालय जाने वातावरण बनाउन साथै उनीहरूको स्वास्थ्य सुरक्षाका लागि राहत पुग्ने विश्वास राखिएको स्थानिय समाजसेविहरूले बताएका थिए ।

प्रतिक्रिया दिनुहोस