आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

शितलहरका कारण  दाउन्ने सडक अवरुद्ध 


  • समाचार कुञ्ज
  • २०८१ पौष २४, बुधबार मा प्रकाशित १ साल अघि
  • १० पाठक संख्या
  • नवलपरासी , पुस २३

    शितलहरका कारण पुर्व पश्चिम् राजमार्ग अन्तर्गतको दाउन्ने सडक अवरुद्ध बनेको छ।नारायणगढ-बुटवल सडक विस्तारको क्रममा रहेको यो सडक खण्डमा मुलतः उकालो र ओरालोमा शितलहरले बाटो चिप्लो भएका कारण सडक अवरुद्ध बनेको प्रहरीले जनाएको छ।बाक्लो हुस्सुले अगाडिको सवारी समेत नदेखिने अवस्था छ ।

    बर्दघाट नगरपालिका-४ खुर्सानी खोलास्थित पूर्व-पश्चिम राजमार्गमा हुस्सु तथा शितलहरको कारण बाटो चिप्लो भएर आज बिहान ४ बजेसम्म दुईतर्फी सडक अवरुद्द भएर केही बेर एकतर्फी सञ्चालनमा आएपनी अहिले पुनः दुईतर्फी आवागमन नै अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय पश्चिम् नवलपरासीका डिएसपी रेशम बोहराले जानकारी दिनुभयो ।

    प्रहरीले ठूला र मालवाहाक सवारीलाइ पूर्वतर्फ दुम्किबास र पश्चिमतर्फ बर्दघाटमा रोकेको छ ।यसअघि पनि वर्षामा सडक हिलो हुँदा उकालोमा सवारी चिप्लिएर सडक अवरुद्द हुने गरेको थियो ।

    सडक विस्तारको क्रममा दाउन्नेमा सडक एकतर्फी भएर घन्टौँ जाममा बस्नुपर्ने बाध्यतामा रहेका यात्रुलाई थप सास्ती भएको छ । सडक अवरुद्ध हुँदा सयौँ सवारी जाममा परेका छ्न ।सडक चिप्लिएका कारण दुर्घटनाको जोखिम रहेको छ ।  
    हाम्रो आखा  बाट साभार

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट