आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

प्रकृति लम्सालको शव भैरहवा ल्याइयो,उपस्थित कसैको रहेनन् आँखा ओभानो


  • समाचार कुञ्ज
  • २०८१ फागुन ८, बिहिबार मा प्रकाशित १ साल अघि
  • ६ पाठक संख्या
  • रुपन्देही ८ फागुन
    भारतको ओडिसामा स्नातक तह अध्ययन गर्दै गरेकी रुपन्देही भैरहवाकी २१ वर्षीय प्रकृति लम्सालको शव गृहनगर ल्याइएको छ ।
    लम्सालको शव भारतस्थित नेपाली दूतावासको सहयोगमा स्थानीय प्रशासन, सुरक्षाकर्मी र कलेजसँगको समन्वयमा बुधबार साँझ घर ल्याइएको हो ।
    बुधबार साँझ ९ बजे लु १ च ९८३६ नम्बरको एम्बुलेन्समा उनको शव भैरहवा ल्याइएको रुपन्देही प्रहरी प्रवक्ता सुरज कार्कीले जानकारी दिए। उनको बुधबार राति नै दाहसंस्कार गर्ने तयारी रहेको बताइएको छ । शव घरमा ल्याउँदै गर्दा सान्तवना दिन उपस्थित मानिसहरुको समेत आँखा ओभानो थिएन,सबै भावविह्ल भएका थिए । लम्साल ओडिसा भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी ९केआईआईटी०को छात्रावासमा मृत भेटिएकी थिइन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट