आज: २०८२ फागुन १७, आईतबार | Sun, 01, Mar, 2026

ऋषिङका सहिद परिवार र स्थानीयसँग भेटघाट


  • समाचार कुञ्ज
  • २०८१ चैत्र २८, बिहिबार मा प्रकाशित १0 महिना अघि
  • १० पाठक संख्या
  • तनहुँको ऋषिङ गाउँपालिकाका सहिद परिवार र स्थानीयसँग नेकपा माओवादी केन्द्रका नेताहरुले भेटघाट गरेका छन् । बिहीबार नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य आशा कोईराला, ओमकुमारी पौडेल, जिल्ला संयोजक पारस गौली लगायत नेता कार्यकर्ताले विभिन्न स्थानमा पुगेर सहिद परिवारलाई भेटेका छन् ।
     
    ऋषिङ–७ कोटदरबारमा रहेको शहीद पार्कमा रहेका शालिकमा पुष्प अर्पणसमेत गरिएको थियो । सो अवसरमा सम्बोधन गर्दै नेता कोईरालाले जनताको त्याग र बलिदानले नै देशमा गणतन्त्र आएको बताइन् । राजाको वरिपरि बसेर सत्तामा हालीमुहाली गरेकाले गणतन्त्र नरुचाएको उनले आरोप लगाइन् । यो व्यवस्थालाई बलियो बनाएर कार्यन्वयन गर्नुको विकल्प नभएको उनको भनाइ छ । 
    भेटघाटको क्रममा स्थानीयले खानेपानीको अभाव झेलेकाले समस्या समाधान गर्नका लागि आग्रह गरेका थिए । सहिद पार्कको व्यवस्थापन गर्नुपर्नेमा उनीहरुको जोड थियो । AAsha Koirala

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट