
समाचार कुञ्ज तनहुँ , जेठ ,१३
तनहुँ जिल्लाको घिरिङ गाउँपालिका वडा नम्म्बर -२ मा रहेको श्री राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई लाई पोशाक (ट्रयाक सेट) वितरण गरिएको छ । विद्यालयमा अध्यानरत सय जना भन्दा धेरै विद्यार्थीलाई एक लाख बराबरको पोशाक वितरण गरिएको शिक्षक सागर थापाले जानकारी दिनु भयो ।

हाल अ्मेरिका निवासी दम्पती श्री खेम बहादुर लिम्बु Khem Kangbha र गिता बुढाथोकीले स्वर्गीय मामा राम कुमार श्रेष्ठको ४५ औ पुण्य तिथिको अवसरमा एक लाख बराबरको ट्रयाक सेट वितरण गरेका थिए । 
पोशाक वितरण कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दलसिह थापाले गर्नुभएको थियो भने स्वागत मन्तव्य शिक्षिका कमला थापा राख्नु भएको थियो । विद्यार्थीको तर्फबाट सागर परियार, शिक्षक लोक थापा , शिक्षक अभिभावक संघका अध्यक्ष दिल बहादुर नेपाली ,विद्यालय व्यवस्थापन समितिका सदस्य दिपक परियार, , समाजसेवी दलबहादुर थापा, समाजसेवी रिता आले, प्र अ जित बहादुर थापाले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको संचालन शिक्षक दिल कुमार वि क गर्नुभयो थियो ।
कार्यक्रममा समाजसेवी, बृद्विजिवि, टोल समिति ,अभिभावक लगायतको उत्साहजनक उपस्थितिको रहेको थियो ।

प्रतिक्रिया दिनुहोस