
समाचार कुञ्ज घिरिङ गाउँपालिका – १ नं वडा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा भएको छ। वडा स्तरीय खोप समन्वय समितिको आयोजनामा मङ्गलबार अत्रौली आधारभूत स्वास्थ्य सेवा केन्द्रमा एक कार्यक्रम गरी १६ महिना देखि ५९ महिना सम्मका बालबालिका हरूले १५ महिना उमेर भित्र पूर्ण खोप पाएको सुनिश्चितता घोषणा गरिएको हो।
कार्यक्रममा गाउँपालिका अध्यक्ष होम बहादुर थापा, उपाध्यक्ष राधादेवी अधिकारी, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद ढकाल, वडा नम्बर १ का अध्यक्ष रविचन्द्र घोरासेनी, स्वास्थ्य शाखा प्रमुख कृष्ण प्रसाद रिमाल, वडाका जनप्रतिनिधिहरु, सम्पूर्ण राजनीतिक दलका प्रतिनिधि, स्वास्थ्यकर्मीहरू, स्वयंसेविका तथा सञ्चारकर्मी लगायतको उपस्थितिमा घोषणा गरिएको हो।

प्रतिक्रिया दिनुहोस