
समाचार कुञ्ज दलित एकता आजको आबश्यकता विभेद रहित समाज निर्माणको लागिसम्पूर्ण नेपालीको सहभागिता भन्ने मुलनारा सहित संयुक्त राजनतिक दलित संघर्ष समति तनहुंले बि सं २०६३ साल जेठ २१ गतेका दिन नेपाल सरकारले मुलुकलाई “जातीय छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको दिनको स्मरणमा गर्दै प्रत्येक वर्ष जेठ २१ गतेलाई 'जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस , जिल्ला ब्यापी रूपमा मनाउन लागियको हो।राज्यले कानुन मात्र बनाएर हुदैन ब्यबहारमा पनि लागु गर्न पर्छ भन्दै दबाब मुलक कार्यक्रम गरिने भएको हो । सोहि कार्यक्रममा प्रतिनिधीसभा सदस्य माननिय चन्द्र बहादुर बिश्वकर्मा , माननिय सासंद भुबन सुनार ,माननिय सासंद पदम परियारले सम्बोधन गर्ने छन्। कार्यक्रममा तनहुं जिल्लाका स्थानिय सरकार प्रमुख साथै प्रमुख जिल्ला अधिकारी लगाएतका अतिथी हरूले सम्बोधन गर्ने छन् । कार्यक्रम दमौली सभाहल दमौलीमा हुने र कार्यक्रम स्थलमा आउन जानका लागि सहज होस् भनेर यातायातको ब्यबस्था गरिएको संयुक्त राजनितिक दलित संघर्ष समितिका सचिब सालिकराम गहतराजले बताए ।।

प्रतिक्रिया दिनुहोस