आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

चण्डेश्वरी माविमा बालक्लवद्वारा सरसफाइ कार्यक्रम सम्पन्न


  • समाचार कुञ्ज
  • २०८२ अषाढ १४, शनिबार मा प्रकाशित ८ महिना अघि
  • ६ पाठक संख्या
  • तिर्थराज काफ्ले कावासोती,
    नवलपुरको कावासोती नगरपालिका–१५ गोडारस्थित श्री चण्डेश्वरी माध्यमिक विद्यालयमा बालक्लवले विद्यालय तथा गाउँटोल सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ।

    पूर्व निर्धारित योजना अनुसार सञ्चालन गरिएको उक्त सचेतनामूलक कार्यक्रम बालक्लव अध्यक्ष प्रनव बस्यालको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रमको प्रमुख आतिथ्य वालक्लव फोकल शिक्षक नविना भूर्तेलले गर्नु भएको थियो भने इको फोकल शिक्षक जीत नारायण थनैतको विशेष आतिथ्यता रहेको थियो।

    कार्यक्रम अन्तर्गत विद्यालय परिसर र आसपासका क्षेत्रहरूमा सरसफाइ गरी सरसफाइको महत्वबारे स्थानीय बालबालिका र बासिन्दाहरूलाई जानकारी प्रदान गरिएको थियो।

    फोकल शिक्षक भूर्तेलले यस्ता कार्यक्रमले बालबालिकामा स्वच्छता र वातावरणीय चेतना विकासमा सघाउ पुग्ने बताउनुभयो। कार्यक्रमले विद्यार्थी, शिक्षक र अभिभावकको सक्रिय सहभागिता रहेको विद्यालयले जनाएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट