
समाचार कुञ्ज तनहुँमा क्रियाशील सामाजिक संस्था टिम नेपोको नयाँ कार्यकालका लागि राजु श्रेष्ठ अध्यक्षमा चयन भएका छन्। संस्थाको शनिबार सम्पन्न साधारणसभाबाट श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।
त्यसैगरी, सचिवमा मनिषा आले, कोषाध्यक्षमा परशुराम ढुंगाना चयन भएका छन्। अन्य पदाधिकारीहरूको चयन प्रक्रियासमेत अगाडि बढिरहेको बताइएको छ।
अध्यक्षमा चयन भएपछि श्रेष्ठले युवाहरूलाई नेतृत्वमा अघि ल्याउने, समाजमा सकारात्मक सन्देश फैलाउने र विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता जनाए।
टिम नेपो तनहुँले विगतका वर्षहरूमा शिक्षा, स्वास्थ्य, वातावरण सरसफाइ, युवा सशक्तीकरण, मानसिक स्वास्थ्य चेतना र जस्ता विषयमा काम गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस