आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

हुप्सेकोटमा सवारि दुर्घटनामा परि एक जनाको ज्यान गयो


  • समाचार कुञ्ज
  • २०८२ श्रावण २, शुक्रबार मा प्रकाशित ७ महिना अघि
  • ७ पाठक संख्या
  • स्रावण 2, कावासोति,

    मोटरसाइकलको ठक्करबाट गएराति नवलपुरमा एक जनाको मृत्यु भएको छ भने अर्का दुई जना घाइते भएका छन् । घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

    हुप्सेकोट गाउँपालिका–३ भुपती चोकस्थित भित्रि सडक खण्डमा गिरुवारीबाट बसन्तपुर तर्फ जाँदै गरेको ग ७ प २७२१ नम्बरको मोटरसाइकलले सोहि दिशामा पैदल यात्रा गरिरहेका सोही ठाउँका ३५ वर्षीया शोभा सिग्देललाई ठक्कर दिँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    टाउकोमा चोट लागेर गम्भीर भएकी सिग्देलको उपचारको क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिए ।

    दुर्घटनामा सोही ठाउँका ३५ वर्षीया इन्दिरा कोइराला र मोटरसाइकल चालक हुप्सेकोट–२ का निशान सिंह ठकुरी घाइते भएको नेपालले जानकारी दिए । कोइरालाको मध्यविन्दु प्रादेशीक अस्पतालमा उपचार हुन नसकेपछि चितवन मेडिकल कलेज रेफर गरिएको र गम्भीर अवस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    चालक ठकुरीलाई भने स्थानीय मेडिकलमा उपचारपछि प्रहरीले नियन्त्रणमा लिएको छ । ठकुरीले मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाएको र आवश्यक कागजात पनि नभएको पाइएको नेपालले बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट