आज: २०८२ फागुन १७, आईतबार | Sun, 01, Mar, 2026

श्रीमान प्रेम गौतम र श्रीमती देउ माया गौतम र ऋषिङ घिरिङ सेवा समाज जापान सहयोगमा निर्मित घर हस्तान्तरण


  • समाचार कुञ्ज
  • २०८२ फागुन १०, आईतबार मा प्रकाशित १ हफ्ता अघि
  • ३२ पाठक संख्या
  • फागुन ,१०
    तनहुँको घिरिङ गाउँपालिकामा वडा नम्बर -५ धेनुङ अन्तर्गत विपन् परिवारलाई घर निर्माण गरी हस्तान्तरण गरिएको छ ।घिरिङ गाउँपालिका वडा न. -५ हाल जापान निवासी श्रीमान प्रेम गौतम र श्रीमती देउ माया गौतम र ऋषिङ घिरिङ सेवा समाज जापानको ३ लाख ४५ हजार आर्थिक सहयोगमा निर्मित घर एक कार्यक्रम बिच सम्बन्धित परिवारलाई हस्तान्तरण गरिएको हो । घिरिङ गाउँपालिकामा वडा नम्बर -५ धेनुङ अन्तर्गत धन सि आलेकी छोरी अन्जु आलेलाई कक्षा १० देखि शैक्षिक क्षेत्रमा आर्थिक सहयोग तथा बासस्थान वा घर निर्माणका लागि दुई लाख चौरासी हजार नगद सहयोग गरेका थिए । यसैगरि ऋषिङ घिरिङ सेवा समाज जापानबाट रू एकसट्ठी हजार रूपैयाँ नगद सहयोग प्राप्त भएको थियो । कार्यक्रममा घिरिङ गाउँपालिका कार्यपालिका सदस्य भुवन विक, समाजसेवी होम बहादुर विक ,अभिभावक बहादुर आले र गाउँलेहरूको बाक्लो उपस्थिति रहेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट