
समाचार कुञ्ज समर रानाभाट, २८ जेठ ,



घिरिङ गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाद्वारा अन्तर माध्यमिक विद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगितामा आज सम्पन्न भएको छ ।
गाउँपालिका भित्रका ७ वटा विद्यालयको सहभागी प्रतियोगितामा ‘ चन्द्र ज्योति माध्यमिक विद्यालय, घिरिङ -३ ले प्रथम स्थान हासिल गरेको हो। त्यसैगरी राष्ट्रिय माध्यमिक विद्यालय, घिरिङ -२ दोस्रो, कृष्ण माध्यमिक विद्यालय, घिरिङ १ तृतीय तथा महेन्द्र माध्यमिक विद्यालय, घिरिङ – ४ ले सान्त्वना स्थान प्राप्त गरेका छन्।
कार्यक्रममा प्रथम हुनेले ट्रफी, मेडल र प्रमाणपत्र सहित नगद ,दोस्रो हुनेले ट्रफी, मेडल र प्रमाणपत्र सहित नगद ,तेस्रो हुनेले ट्रफी, मेडल र प्रमाणपत्र सहित नगद तथा सान्त्वनाले मेडल तथा प्रमाणपत्र प्राप्त गरे ।
कार्यक्रममा घिरिङ गाउँपालिकाका अध्यक्ष होम बहादुर थापा, प्रशासकीय अधिकृत कृष्ण प्रसाद ढकाल , वडा नम्बर १ का वडा अध्यक्ष रविचन्द्र घोरासिनी ,वडा नम्बर -२ वडा अध्यक्ष नर बहादुर थापा, वडा नम्बर -३ का वडा अध्यक्ष तहल सिं थापा, वडा नम्बर -४ का वडा अध्यक्ष भिम बहादुर कुमाल, वडा नम्बर ५ का वडा अध्यक्ष विष्णुविर आले तथा शिक्षा शाखा प्रमुख कृष्ण प्रसाद सुवेदी , सायक शिक्षा प्रमुख पुष्पा थापा विभिन्न विद्यालयका प्रधानाध्यापक ,शिक्षक लगायतको उपस्थिति रहेको थियो।


प्रतिक्रिया दिनुहोस