आज: २०८३ श्रावण ३, आईतबार | Sun, 19, Jul, 2026

रक्त समूह परीक्षण कार्यक्रम असार २५ गते घिरिङ–४ मा महेन्द्र ज्योति माध्यमिक


  • समाचार कुञ्ज
  • २०८३ अषाढ २५, बिहिबार मा प्रकाशित १ हफ्ता अघि
  • २० पाठक संख्या
  • घिरिङ, २५ असार

    घिरिङ गाउँपालिका–४ स्थित श्री महेन्द्र ज्योति माध्यमिक विद्यालयमा असार २५ गते रक्त समूह परीक्षण कार्यक्रम सञ्चालन हुने भएको छ। घिरिङ गाउँपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको कार्यक्रम बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुने जनाइएको छ।

    कार्यक्रममार्फत स्थानीयवासीलाई आफ्नै रक्त समूह पहिचान गर्न सहयोग पुर्‍याइने आयोजकले जनाएको छ। आवश्यक परेको बेला रक्तदान गर्न सहज हुने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको पोस्टरमा उल्लेख छ।

    रक्त समूह परीक्षण कार्यक्रम घिरिङ सुधार स्वास्थ्य चौकी र फुला आधारभूत स्वास्थ्य सेवा केन्द्रको सहजीकरणमा सञ्चालन हुने जनाइएको छ। कार्यक्रमको आयोजना घिरिङ गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको हो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    लोकप्रिय
    ताजा अपडेट