आज: २०८३ कार्तिक १, शनिबार | Sat, 17, Oct, 2026

बौदिकाली गाउँपालिका प्रसुती घरभेट समीक्षा तथा योजना गोष्ठी सम्पन्न


  • समाचार कुञ्ज
  • २०८३ भाद्र १९, शुक्रबार मा प्रकाशित १ महिना अघि
  • ३९ पाठक संख्या
  • बौदीकाली, २०८३ भदौ १९

    बौदीकाली गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा पालिका स्तरीय उत्तरप्रसुती घरभेट (PNC Home Visit) कार्यक्रमको समीक्षा तथा योजना गोष्ठी सम्पन्न भएको छ।

    बौदीकाली गाउँपालिकाका अध्यक्ष प्रकाश ओझाको अध्यक्षतामा गाउँपालिकाको सभाहलमा सम्पन्न गोष्ठीमा पालिकाभित्रका बौदीकाली आधारभूत अस्पताल, चार स्वास्थ्य चौकी र तीन सामुदायिक स्वास्थ्य इकाईले आर्थिक वर्ष २०८२/०८३ मा मातृ तथा नवशिशु स्वास्थ्य कार्यक्रमअन्तर्गत सम्पादन गरेका गतिविधि तथा प्रगतिको समीक्षा गरिएको थियो।

    गोष्ठीमा सम्बन्धित स्वास्थ्य संस्थाहरूले गत आर्थिक वर्षमा मातृ तथा नवशिशु स्वास्थ्यका क्षेत्रमा गरेका कामको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुका साथै आगामी आर्थिक वर्षमा सञ्चालन गरिने कार्यक्रम तथा योजनाबारे जानकारी गराएका थिए।

    स्वास्थ्य शाखा प्रमुख मेघबहादुर ठाडा मगरको स्वागतबाट सुरु भएको समीक्षा तथा योजना गोष्ठीको सहजीकरण प्रदेश जनस्वास्थ्य कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का MNH Focal Person प.हे.न.नि. भूमिका निरौलाले गर्नुभएको थियो।

    गोष्ठीले उत्तरप्रसुती अवधिमा आमा तथा नवशिशुको स्वास्थ्य अवस्थाको नियमित निगरानी, घरभेट सेवाको प्रभावकारिता र आगामी कार्यक्रमलाई थप व्यवस्थित बनाउने विषयमा

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑