आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

भिमाद नगरपालिका–३ मा बुडुवा खोलामा ट्रेल ट्रस पुल निर्माण सम्पन्न, 


  • समाचार कुञ्ज
  • २०८२ अषाढ ३१, मंगलबार मा प्रकाशित ७ महिना अघि
  • १७ पाठक संख्या
  • भिमाद, असार ३१
    भिमाद नगरपालिका वडा नं ३ स्थित बुडुवा खोलामा ट्रेल ट्रस पुल निर्माण सम्पन्न भई शनिबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ।

    पाइल फाउन्डेसन सहितको छोटो-स्प्यान ट्रेल ट्रस ब्रिज निर्माण कार्य एक महिनाअघि सुरु गरिएको थियो, जुन निर्धारित समयमै सम्पन्न भएको हो।

    ४० लाखको लागतमा निर्माण गरिएको उक्त पुल भिमाद नगरपालिकाका नगर प्रमुख दधिराज सुबेदीले उद्घाटन गरे। उद्घाटन कार्यक्रममा नगर उपप्रमुख शारदा खनाल, प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पुन, कर्मचारी अन्य जनप्रतिनिधि तथा स्थानीयवासीहरूको उपस्थिति रहेको थियो।

    लामो समयदेखि पुल अभावका कारण खोलापारि ओहोरदोहोर गर्न समस्या भोग्दै आएका स्थानीयवासीहरू अब सहज रूपमा आवतजावत गर्न पाउने भएका छन्।

    उक्त पुल आस्था निर्माण सेवा, सुनसरीले निर्माण गरेको हो। निर्माण सेवाका व्यवस्थापक कुशल लिम्बुले पुलको निर्माण कार्यको नेतृत्व गरेका थिए।

    स्थानीयवासीहरूले पुल निर्माण भएपछि आवागमनमा सहजता आएको बताउँदै निर्माणमा संलग्न सबैप्रति आभार व्यक्त गरेका छन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट