आज: २०८३ भाद्र १७, बुधबार | Wed, 02, Sep, 2026

दिगो कृषिका लागि महिला किसानको भूमिका महत्वपूर्ण, लैङ्गिक समानता र समावेशी शासनमा जोड


  • समाचार कुञ्ज
  • २०८३ भाद्र ८, सोमबार मा प्रकाशित १ हफ्ता अघि
  • २६ पाठक संख्या
  • ललितपुर भाद्र ८,

    ghiring

    ghiring

    लैङ्गिक समानता तथा समावेशी शासन मार्फत दिगो कृषि प्रवद्र्धनमा महिला किसानको भूमिका महत्वपूर्ण हुने निष्कर्ष सहित सरोकारवालाहरुको कार्यशाला सम्पन्न भएको छ । नेपाल राष्ट्रिय जेण्डर माष्टर प्रशिक्षक संजाल ९ल्न्ःल्त्० काठमाडौंको आयोजनामा ललितपुर स्थित नेपाल कृषि अनुषन्धान परिषदको कार्यालयमा उक्त कार्यक्रम सम्पन्न भएको छ ।
    राष्ट्रिय महिला आयोग, कृषि वन तथा पर्यावतरण मन्त्रालय, नेपाल कृषि अनुषन्धान परिषद, त्रिभुवन विश्वविद्यालय काठमाण्डौं विश्वविद्यालय, नेपाल कृषि अनुषन्धान परिषदका वैज्ञानिकाहरु, राष्ट्रिय÷अन्र्तराष्ट्रिय गैरसरकारी संस्था, नेपाल ओमन एग्रिकल्चरिष्ट सोसाइटी र अन्य लैङ्गिक तथा सामाजिक समावेशीकरणको क्षेत्रमा कृयाशिल निकायका पदाधारिकारीहरुले लैङ्गिक समानता र नेपाली महिला किसानहरुले भोग्नुपरेका विभिन्न सवाल तथा तथ्यहरुलाई सहभागितात्मक रुपमा प्रस्तुत गरिएको थियो । नेपाल कृषि अनुषन्धान परिषद अनुगमन तथा मूल्याङ्ककन महाशाखाका प्रमुख डा. सुधा सापकोटाले दिगो कृषिका लागि लैङ्गिक समानता बिषयमा र महिला कानून र विकास मञ्चका कार्यकारी निर्देशक सविन श्रेष्ठल लैङ्गिक समानताका बिद्यामान कानून र अगामी कार्यदिशा सम्बन्धी छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा लैङ्गिकता समबन्धमा विभिन्न निकायहरुले विगतमा धेरै काम गरेको भएपनि वर्तमान सन्दर्भमा ती उपलब्धीहरुलाई कसरी जोड्ने भन्ने पक्ष महत्वपूर्ण रुपमा उठाईको थियो । समावेशीताको अवधारणा अनुरुप महिला किसानहरुको हक, हित र सुरक्षाकालाई कसरी संस्थागत रुपमा कृयाशिल गराउन सकिन्छ भन्दै त्यसको लागि नेपाल कृषि अनुषन्धान परिषदले पनि आफ्ना बार्षिक कार्यक्रम मार्फत सम्वोधन गर्ने प्रयास गरिरहेको तथ्य कार्यपत्र पेशकर्ता डा.सुधा देवकोटाले जानकारी गराउनु भयो ।
    महिला कानून तथा विकास मञ्चका कार्यकारी निर्देशक तथा अर्का कार्यपत्र प्रस्तुतकर्ता एवं अधिबक्ता सविन श्रेष्ठले नेपालको सन्दर्भका बिद्यमान कानून, त्यसको कार्यान्वयन तथा महिलाको बास्तविक अवस्था विच धेरै ठूलो खाडल रहेको र कतिपय कानून विभेदकारी देखिएको पक्ष औल्याउनु भयो । कानूनमा विभेद छ तर यो क्रमशः सुधार गर्दै जान र यसका लागि सकारात्मक दवाव सृजना गर्न लैङ्गिकताका क्षेत्रका कृयाशिल सरोकारवालहरुको भूमिका महत्वपूर्ण हुने वताउन ुभयो ।
    राष्ट्रिय महिला आयोगको तर्फबाट रोषनी देवी कार्कीले कृषिपेशालाई कसरी सम्मानित र मर्यादित बनाउने भन्ने बारेमा महिला आयोग कृयाशिल रहेको जानकारी गराउनु भयो । यसका लागि महिला कृषकहरुलाई दिगो उत्पादनमा अग्रसर गराउन प्रोत्साहनमूलक नीति मस्यौदा तयार गरी स्वीकृतिको चरणमा रहेको जानकारी गराउनु भयो ।
    नेपाल ओमन एग्रिकल्चरिष्ट सोसाइटीको तर्फबाट शोभा रानाले महिला कषकका विभिन्न सवाल र पछिल्लो समयमा कृषिमा आधारित महिला उद्यमीको संख्या बृद्धि सकारात्क रहेकोले आगामी दिनमा परिणाममूलक उपलब्धीको लागि अध्ययन, तथ्याङ्कमा आधारित अनुषन्धान र कृषि अनुदान प्रवन्धलाई सहज बनाउनुपर्ने बताउनुभयो ।

    सन् २०२६ लाई अन्र्तराष्ट्रिय महिला किसान बर्ष रुपमा मनाउने भनी घोषणा गरिसकिएको सन्दर्भमा यस किसिमका कार्यक्रमहरु संघ, प्रदेश तथा स्थानीय तहसम्म विस्तार गर्नुपर्ने पक्ष सहभागिहरुले औल्याउनु भएको थियो ।
    कार्यक्रम नेपाल राष्ट्रिय जेण्डर माष्टर प्रशिक्षक संजाल ९ल्न्ःल्त्० का संयोजक सूर्य न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमको आयोजक जेण्डर माष्टर प्रशिक्षक संजाल स्त्रीशक्ति नेपालको समन्वय सन् २००४ मा स्थापना भएको र जेण्डर प्रशिक्षक एवं अधिकारकर्मी र अनुषन्धानकर्ताहरुको खुल्ला संजाल हो । यसमा देशका सवै जिल्ला प्रतिनिधित्व हुने गरी ११० जना सदस्यहरु कृयाशिल रहदै आउनु भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट