आज: २०८३ कार्तिक २, आईतबार | Sun, 18, Oct, 2026

घिरिङ–४ का विभिन्न टोलमा बाख्राका पाठा खसी पार्ने अभियान


  • समाचार कुञ्ज
  • २०८३ भाद्र २४, बुधबार मा प्रकाशित १ महिना अघि
  • ४५ पाठक संख्या
  • तनहुँ, २४ भदौ। घिरिङ गाउँपालिका–४ का उम्से करूवाटार, पार्थोक, बेलस्वारा लगायतका विभिन्न टोलमा किसानले पालेका बाख्राका पाठा खसी पार्ने काम गरिएको छ।

    घिरिङ गाउँपालिकाको पशु शाखाका कर्मचारी रामकृष्ण थारूको टोली टोल–टोलमा पुगेर किसानका बाख्राका पाठा खसी पार्ने काम गरेको हो। किसानलाई सहज रूपमा पशु सेवा उपलब्ध गराउने उद्देश्यले टोलीले विभिन्न बस्तीमा पुगेर सेवा प्रदान गरेको जनाइएको छ।

    वडा नम्बर ४ का वडा अध्यक्ष भिम बहादुर कुमाल र वडा सचिव कृष्ण प्रसाद पाण्डेको समन्वयमा विभिन्न टोलमा पुगेर सेवा सञ्चालन गरिएको बताइएको छ।

    पशु शाखाको टोलीले बाख्राका पाठा खसी पार्नुका साथै पशुपालनसम्बन्धी आवश्यक जानकारी तथा प्राविधिक सेवा पनि प्रदान गर्दै आएको जनाएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑