आज: २०८३ बैशाख ९, बुधबार | Wed, 22, Apr, 2026

कालीगण्डकी जिल्ला निर्माण बारे:- ,शङ्कर प्रसाद पोख्रेल


  • समाचार कुञ्ज
  • २०८३ बैशाख ८, मंगलबार मा प्रकाशित १८ घण्टा अघि
  • ४५ पाठक संख्या
  • वर्तमान सरकारले राज्यका सबै तह पुन: संरचना गर्ने भनी आफ्नो सड्ढल्प पत्रमा उल्लेख गरेको र सो कार्य गर्न समिति नै बनाएर निश्चित समय भित्र आवस्यकता महसुस गरेका समुदाय र क्षेत्रले आफ्ना राय बुझाउन ल्याउने बारे सार्वजनिक आह्वान समेत गरेको हुदा

    १ , सदियौ देखि विकास र अवसरबाट बन्चित तनहुँ जिल्लाका कालीगण्डकी तटबेल्टका क्षेत्र- जनसमुदाय माझकोट,साभुङ्गभगतिपुर, रिसिङ्ग,देखि कालीगण्डकी तर्फ फर्किएका विशाल क्षेत्र तेस्तै ऋषिङ्ग कोटदरवारको डाडाबेल्ट देखि कोटागाबिस ,बैदी ,देवघाट यी तनहुँका भुभाग- स्याङ्जा तर्फ पेलाकोट ,वालिङ साबिक केवरे देखि पुर्व हुँदै ज्याग्दी क्षेत्र सहित कालीगण्डकी तर्फ फर्किएका क्षेत्र र जनसमुदाय तेस्तै लुम्बिनी प्रदेशको दाङ्ग राजधानी जान बाध्य पारिएका पुर्वखोला देखि पुर्व हालको रम्भा गाउपालिका राम्दी क्षेत्र देखि रामपुर नगर पालिका , निस्दी गाउपालिका तेस्तै गरि नवलपुर जिल्लाको बुङ्दिकाली गाउपालिका बुलिङटार गाउपालिका र गैंडाकोट नगपालिका जोडिएर बन्ने समग्र कालीगण्डकी जिल्ला बनाउनु पर्दछ भन्ने (मैले विगतमा यस अघि सिमाङ्कन सम्बन्धि तत्कालीन समयमा बुझाएको प्रस्ताव ) आज अझ जब्बर रुपमा अत्यावश्यक देखा परेको छ – हेर्नुहोस कालीगण्डकी डाइभर्सन र तल्लो तटिय जनता मार्न्र विकासको नामको विनास , यहाका सम्भावना तर बिकासमा पछाडि पारिएको अबस्था अदिले यो पुष्टि गरिरहेको छ।
    तसर्थ यो मुद्दा आज कालीगण्डकी तटिय क्षेत्रमा बस्ने आम जनताको साझा मुद्दा भएकोले म यसबारे तत्काल बहस चलाउन र जिल्ला निर्माणको निर्णयको निस्कर्षमा पुगौ भन्ने आह्वान समेत गर्दछु।जुटौं ।।

    विनित:
    शङ्कर प्रसाद पोख्रेल
    कालीगण्डकी जिल्ला निर्माण प्रस्तावक / अभियान सम्योजक
    २०६४ निरन्तर

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट