आज: २०८३ श्रावण ३, आईतबार | Sun, 19, Jul, 2026

कावासोतीको एक पसलमा : नेपालमै बनाईएको बल्बमा भारतिय मूल्यको खोल


  • समाचार कुञ्ज
  • २०८३ जेष्ठ ८, शुक्रबार मा प्रकाशित १ महिना अघि
  • ६९ पाठक संख्या
  • दीपेन्द्र रेग्मी, कावासोती ।

    ghiring

    ghiring

    नवलपुरको कावासोतीमा सञ्चालित एक पसलमा नेपालमै बनाईएको(एसेम्बल गरेको) बल्बमा भारतिय मूल्यको खोल राखि विक्रिवितरण गरेको भेटिएको छ ।
    जिल्ला प्रशासन कार्यालय नवलपुरमा परेको उजुरिका आधारमा कावासोती ३ संगम चोकमा अवस्थित एक बिजुलि पसलमा गरिएको अनुगमनका क्रममा करिब एक वर्षअघि वैदेशिक रोजगारिबाट फर्किएका कावासोती ४ का एक युवाले उद्योग दर्ता विना नै ति बल्बहरु एसेम्बल गरेको तथ्य फेला परेको हो ।
    सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवि रानाको नेतृत्वमा एकिकृत सेवा कार्यालय नवलपुरका प्रमुख ज्ञान प्रसाद भुसाल, जिल्ला प्रहरी कार्यालय, उद्योगवाणिज्यसंघका प्रतिनिधि लगायतको टोलिले मंगलबार गरेको संयुक्त अनुगमनका क्रममा गणेश ईलेक्ट्रिक एण्ड पलम्बिङ्ग सेण्टर नामक पसलमा ३० पिस भन्दा बढि फरकफरक वाट क्षमता र मूल्य उल्लेख गरिएका बल्बहरु भेटिएको हो ।
    सहायक प्रमुख जिल्ला अधिकारी रानाले एक उपभोक्ताले दिएको निवेदनका आधारमा अनुगमन गर्दा पसलमा बाहिर ईण्डियन एमआरपि लेखिएका तर भित्र पट्टि मेड ईन नेपाल लेखिका बल्ब भेटिएको रेडियो कावासोतीलाई बताउनुभयो ।
    अनुगमनका क्रममा लामो समयदेखि पसलको नविकरण समेत नगरेको भेटिएपछि जेठ १५ भित्रमा नविकरण गरिसक्न एकिकृत सेवा कार्यालय नवलपुरका प्रमुख भुसालले ईलेक्ट्रोनिक पसलका संचालक ध्रुव प्रसाद भट्टराईलाई निर्देशन दिनुभयो ।
    ईलेक्ट्रोनिक पसलका संचालक भट्टराईले उक्त बल्बहरु कावासोतीकै एक युवकबाट खरिद गरेको भनि दिएको जानकारीका आधारमा कावासोती ४ हँसौरा निवासि ३० वर्षिय प्रदिप गिरिको घरमा समेत खानतलासि गर्दा थप ४० थान त्यस्ता बल्ब र खोलहरु भेटिएको थियो ।
    भारतबाट ल्याई बल्ब एसेम्बल गरि विक्रि गरेका गिरिले आँफुले बजार बुझ्ने उद्येश्यले मात्र अन्जानमै यसरि सुरुवात गरेको भन्दै आँफु कानुनअनुसार पक्रियामा जाने तयारिमा रहेको बताउनुभएको छ ।
    सहायक प्रमुख जिल्ला अधिकारी रानाले पसल सञ्चालकलाई उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ को खण्ड (घ) बमोजिम कसुर गरेको देखिएकोले सोही ऐनको दफा ३९ को उपदफा (१) को खण्ड (क) बमोजिम रु ५, हजार जरिवाना गरिएको बताउनुभयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    लोकप्रिय
    ताजा अपडेट