
समाचार कुञ्ज समर रानाभाट , ९ भदौ
हरितालिका तीजको पावन अवसरमा तनहुँ घिरिङ – ४ करूवाटारमा कल्याण देवी युवा क्लवले खुला तीज गीत प्रतियोगिता र नृत्यप्रतियोगिता २०८३” आयोजना गर्ने भएको छ।
प्रतियोगिता भदौ २९ गते कल्याण देवी आधारभूत विद्यालयको पाङगढमा कार्यक्रम आयोजना गरिने समितिले जनाएको छ।क्लबसमितिका अनुसार प्रतियोगितामा सहभागी हुन इच्छुक टिमले भदौ २५ गतेदेखि २८ गतेसम्म टिमको नाम दर्ता गराउनुपर्नेछ।
नृत्य प्रतियोगितामा प्रथम हुनेलाई नगद रू ३ हजार प्रमाणपत्र , द्वितीय हुनेलाई २ हजार र तृतीय हुनेलाई १ हजार प्रमाणपत्र पाउनेछन् ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद रु. १० हजार प्रमाणपत्र, द्वितीयले रु. ७ हजार प्रमाणपत्र र तृतीय ४ हजार प्रमाणपत्र पाउनेछन्।
आयोजकले प्रतियोगितामा सहभागी टिममा ५ देखि ७ जना हुनुपर्ने, प्रस्तुत हुने गीत समसामयिक र मर्यादित हुनुपर्ने र भेषभूषा तथावाद्यवादनको व्यवस्था टिम आफैले गर्नुपर्ने सर्त राखेको छ।
क्लब समितिका अध्यक्ष संसार रानाभाटले तीजको मौलिक संस्कृति संरक्षण गर्दै महिलाहरूको प्रतिभा उजागर गर्ने उद्देश्यलेप्रतियोगिता आयोजना गरिएको बताएका छन् ।
इच्छुक टोलीहरूलाई तोकिएको समयभित्र टिम दर्ता गराई सहभागी हुन समितिले आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस