
समाचार कुञ्ज तिर्थराज काफ्ले काठमाडौ ।
वडा दशैं २०८३ को पावन अवसरमा कावासोती नगरपालिका–१५, गोडारस्थित शिवशक्ति नवदुर्गा आध्यात्मिक प्रतिष्ठानमा श्रीमद् देवी भागवत तथा ज्ञान महायज्ञ आयोजना हुने भएको छ।
प्रतिष्ठानका अनुसार आगामी २०८३ साल असोज २५ गतेदेखि कात्तिक ३ गतेसम्म सञ्चालन हुने महायज्ञमा प्रखर युवा पण्डित श्री भरत सुवेदी प्रमुख वाचकका रूपमा रहनुहुनेछ। उहाँको मुखारविन्दुबाट महायज्ञ अवधिभर साँझको समयमा कथा वाचनसँगै भजन–कीर्तनसमेत सञ्चालन हुने जनाइएको छ।

महायज्ञमा जग्गादाता, देवी भागवत संकल्पकर्ता, संस्थापक तथा पूर्व अध्यक्ष एवं पदाधिकारी, पूजा आयोजक समिति, पूर्व निर्माण समिति, अक्षयकोषदाता, भौतिक तथा जिन्सी सहयोगदाता, आजीवन सदस्य, विभिन्न संघ–संस्था, क्लब, आमा समूहलगायत सम्पूर्ण श्रद्धालु भक्तजनलाई उपस्थितिका लागि आयोजकले सादर निमन्त्रणा गरेको छ।
वडा दशैंको अवसरमा धार्मिक तथा आध्यात्मिक वातावरण निर्माण गर्दै भक्तजनलाई देवी भागवत श्रवण, कथा वाचन तथा भजन–कीर्तनमा सहभागी गराउने उद्देश्यले महायज्ञ आयोजना गरिएको प्रतिष्ठानले जनाएको छ।
महायज्ञ तथा पूजा व्यवस्थापन समितिका संयोजक एवं मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बोधराज गैरेले सम्पूर्ण आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा सहभागी भई महायज्ञ सफल बनाउन आग्रह गर्नुभएको छ।
शिवशक्ति नवदुर्गा आध्यात्मिक प्रतिष्ठान परिवारले सबै श्रद्धालु भक्तजनमा महायज्ञमा उपस्थितिका लागि हार्दिक निमन्त्रणा गरेको छ।

प्रतिक्रिया दिनुहोस