आज: २०८३ कार्तिक १, शनिबार | Sat, 17, Oct, 2026

खुला नृत्य प्रतियोगितामा विनिसा रानाभाट प्रथम


  • समाचार कुञ्ज
  • २०८३ भाद्र ३०, मंगलबार मा प्रकाशित १ महिना अघि
  • ३० पाठक संख्या
  • करुवाटार, २०८३ भदौ ३०

    घिरिङ गाउँपालिका–४ करुवाटारमा कल्याण देवी युवा क्लबको आयोजनामा सञ्चालन गरिएको रसुवा बाढीपीडित सहयोगार्थ खुला नृत्य प्रतियोगितामा विनिसा रानाभाट प्रथम हुन सफल भएकी छन्।

    प्रतियोगितामा सबिना रानाभाट द्वितीय, जेनिशा रानाभाट तृतीय तथा पुष्पा रानाभाट र सन्ध्या विक सान्त्वना स्थान हासिल गर्न सफल भएका छन्। प्रथम हुने विनिसा रानाभाटले नगद ३ हजार रुपैयाँसहित प्रमाणपत्र, द्वितीय हुने सबिना रानाभाटले २ हजार रुपैयाँसहित प्रमाणपत्र र तृतीय हुने जेनिशा रानाभाटले १ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरे। सान्त्वना स्थान हासिल गर्ने पुष्पा रानाभाट र सन्ध्या विकलाई जनही ५ सय रुपैयाँ प्रदान गरिएको थियो।

    नृत्य प्रतियोगितामा तीन समूहको सहभागिता रहेको थियो। प्रतियोगितामा दिदीबहिनी समूह करुवाटार, दिदीबहिनी समूह बटौलीटार र बटौलीटार आमा समूह सहभागी भएका थिए।

    रसुवा बाढीपीडितलाई सहयोग गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा सहभागी दुई समूहले आफूले प्राप्त गरेको पुरस्कार रकमसमेत बाढीपीडितको सहयोगका लागि प्रदान गरेका छन्।

    कार्यक्रममा गण्डकी प्रदेशका एलएलपी अधिवक्ता विष्णुभक्त सिग्देल प्रमुख अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रममा ऋषिङ गाउँपालिकाका प्रवक्ता विजय दरै, घिरिङ गाउँपालिका–४ का वडा सदस्य मनबहादुर रानाभाट, पूर्व घिरिङ गाउँपालिका कार्यपालिका सदस्य धनकुमारी रानाभाट, साभुङ हटिया स्वास्थ्य चौकीका प्रमुख मनप्रसाद रानाभाट, फुला आधारभूत स्वास्थ्य चौकीका प्रमुख प्रविन श्रेष्ठ, कल्याण देवी आ.वि.का प्रधानाध्यापक रुकबहादुर रानाभाट, लोकदोहोरी गायक तथा आर्थिक संयोजक शंकर रानाभाट, गायिका जमुना सुनारलगायतको उपस्थिति रहेको थियो।

    कार्यक्रमको सभापतित्व कल्याण देवी युवा क्लबका अध्यक्ष संसार रानाभाटले गरेका थिए भने कार्यक्रम सञ्चालन कार्यक्रम संयोजक समर रानाभाटले गरेका थिए।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑