आज: २०८३ श्रावण ४, सोमबार | Mon, 20, Jul, 2026

सविन कुमार तोलांगीको निर्देशन रहेको ‘मन खान्छ कटक्कै’ गीतको म्युजिक भिडियो सार्वजनिक


  • समाचार कुञ्ज
  • २०८३ अषाढ २, मंगलबार मा प्रकाशित १ महिना अघि
  • ७९ पाठक संख्या
  • काठमाडौं । सविन कुमार तोलाङगीको निर्देशनमा नयाँ लोक दोहोरी गीत ‘मन खान्छ कटक्कै’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा गायक राजन श्रेष्ठ र गायिका शान्ती श्री परियारको स्वर रहेको छ । उक्त गीतको शब्द चन्द्रकला प्रसाई (रचना) ले सिर्जना गरेकी छिन्, भने संगीत रिमेश थापाको रहेको छ । प्रेम र आकर्षणको भावनालाई केन्द्रमा राखेर तयार पारिएको भिडियोमा मोडल आयुष्मा कार्की र सुधिर श्रेष्ठको मुख्य अभिनय रहेको छ ।

    ghiring

    ghiring

    त्यसैगरी, उक्त भिडियोको छायांकन सन्तोष सुनारले गरेका छन्, भने मिक्सिङ तथा मास्टरिङ चन्द्र चौधरीले गरेका छन् । अकौस्टिक स्टुडियोमा रेकर्ड गरिएको गीतको रेकर्डिङ एसबी मुस्कानले गरेका हुन् । गीतको एरेन्ज साहस साक्यले गरेका छन्, भने नृत्य निर्देशन केशवराज भट्टले गरेका छन् र मेकअप सरिता प्रजापतिको रहेको छ ।

    यस्तै, छहारी मल्टिमिडिया प्रा.लि. को प्रस्तुति रहेको उक्त भिडियोको छायांकन भक्तपुरको रमणीय क्षेत्र गुण्डुमा गरिएको थियो । उक्त गीतको भिडियोको मिडिया संयोजकमा निराज रानाभाट रहेका छन् । निर्देशक तोलांगीले नेपाली लोक दोहोरी क्षेत्रमा फरक शैली र प्रस्तुतिका साथ काम गर्दै आएका छन् । उक्त गीतको भिडियोको साझा अनलाइन टिभी युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    लोकप्रिय
    ताजा अपडेट