आज: २०८३ श्रावण २६, मंगलबार | Tue, 11, Aug, 2026

नवीन सुनारको आवाजमा ‘उडाई लान्छ माया मेरो’ गीतको भिडियो सार्वजनिक (भिडियो सहित)


  • समाचार कुञ्ज
  • २०८३ श्रावण ७, बिहिबार मा प्रकाशित २ हफ्ता अघि
  • ३९ पाठक संख्या
  • निराज रानाभाट, काठमाडौं । नवीन सुनारको आवाजमा रहेको ‘उडाई लान्छ माया मेरो’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा रमेश लाम्गादेको शब्द / संगीत रहेको छ, भने सुरेश सेञ्चुरीको एरेन्ज रहेको छ । त्यस्तै, उक्त गीतको भिडियोमा ध्रुव दत्त र पुष्पा पौड्यालको साथै बाल कलाकार राजबी पाण्डेयको अभिनय देख्न सकिन्छ । उक्त म्युजिक भिडियो रविन बरालले निर्देशन गरेका छन, भने विनोद बलले छायांकन गरेका छन् ।

    ghiring

    ghiring

    यसैगरी, म्युजिक भिडियोको सम्पादन तथा रङ संयोजन सञ्जय अधिकारीले गरेका छन् । उक्त गीतमा कृष्ण बहादुर लाम्गादे निर्माताको रुपमा छन्, भने सरु ओली श्रीङ्गारमा रहेकी छिन् । यस्तै, उक्त गीत भ्वाइस रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो, भने रेकर्डिङ तथा मिक्सिङमा दीप तुलाधर रहेका छन् । उक्त गीतको म्युजिक भिडियो रागश्री संगीतलय युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।
    भिडियो :

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%२%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट