आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

देवचुली नगरपालिकाको १६ औं अधिवेशन सम्पन्न


  • समाचार कुञ्ज
  • २०८२ अषाढ १०, मंगलबार मा प्रकाशित ८ महिना अघि
  • ९ पाठक संख्या
  • देवचुली । नवलपुरको देवचुली नगरपालिकाको १६ औं अधिवेशन सम्पन्न भएको छ । आज देवचुली नगरपालिकाको सभाहलमा नगर प्रमुख हरिप्रसाद न्यौपानेको अध्यक्षतामा सम्पन्न अधिवेशनबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, आर्थिक विद्येयक र आगामी आर्थिक वर्षको अनुमानित आय व्यय विवरण सर्वसम्मत रुपमा पास भएको छ ।

    नगर सभा बैठकमा नगर प्रमुख हरिप्रसाद न्यौपानेले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । नगरपालिकाले कृषि, उद्योग, पशु, पर्यटन तथा व्यापार व्यवसाय प्रवर्द्धनमा विशेष जोड दिएको सो क्रममा नगर प्रमुख न्यौपानेले बताउनुभयो । अधिवेशनमा नगर उप प्रमुख पार्वता तिवारीले आर्थिक विद्येयक २०८२ नगरसभामा पेश गर्नुभएको थियो ।

    उप प्रमुख तिवारीले आगामी आर्थिक वर्षको अनुमानित आय व्यय विवरण सहित विनियोजन विद्येयक समेत प्रस्तुत गर्नुभएको थियो । उहाँले ८८ करोड ५४ लाख ५९ हजार ५ सय ४३ रुपैँया बराबरको अनुमानित आय व्यय प्रस्तुत गर्नुभएको थियो । उक्त बजेटमा चालुतर्फ ५५ करोड ५८ लाख ९१ हजार ५ सय २ रुपैयाँ र पूँजिगत तर्फ ३२ करोड ९५ लाख ६८ हजार ४१ रुपैयाँँ विनियोजन गरिएको छ । आयको स्रोत तर्फ संघीय वित्तिय समानीकरण अनुदान १३ करोड ६७ लाख रुपैयाँ, संघीय राजस्व बाँडफाँड १२ करोड ९१ लाख २५ हजार ६ सय ८३ रुपैयाँ, विशेष अनुदान २ करोड २५ लाख रुपैयाँ, प्रदेश वित्तिय समानीकरण अनुदान १ करोड ७९ लाख ३२ हजार रुपैयाँँ, प्रदेश राजस्व बाँडफाँड १ करोड ५८ लाख ९९ हजार रुपैयाँ, सशर्त विशेष ४० लाख रुपैयाँ, समपुरक अनुदान ६० लाख रुपैयाँ , आन्तरिक आम्दानी ७ करोड ७० लाख रुपैयाँ आम्दानी हुने प्रक्षेपण गरिएको छ।त्यसै गरि कुल विनियोजित बजेटमा सामाजिक क्षेत्र तर्फ ४१ करोड ९२ लाख ६५ हजार रुपैयाँ, आर्थिक विकास क्षेत्र तर्फ ७ करोड ६३ लाख २६ हजार रुपैयाँ, पूर्वाधार विकास क्षेत्र तर्फ १९ करोड ३२ लाख ७ हजार रुपैयाँ, सुशासन तथा अन्तरसम्बन्धि तथा वन वातावरण र विपद व्यवस्थापन क्षेत्र तर्फ ३ करोड ६० लाख ३८ हजार रुपैयाँ, संस्थागत तथा सुशासन विकास तर्फ १६ करोड ६ लाख २२ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट