तनहुँको भिमादमा शनिबार रक्त्तदान गरिएको छ । नेपाली कांग्रेस तनहुँ २ प्रदेश सभा २ द्वारा आयोजित रक्त्तदान कार्यक्रममा ३० पिन्ट रगत संकलन भएको छ ।
कांग्रेसले संचालन गरेको शहिद सप्ताह अन्तर्गत समुदायमा कांग्रेस अभियानको अवसर रक्त्तदान कर्यक्रम आयोजना गरेको तनहुँ २ प्रदेश सभा २ का कांग्रेस सभापति इन्द्रबहादुर आलेले बताए ।रक्त्तसंचार केन्द्रमा रगत अभाव रहेकाले मानव जिवन रक्षाका लागि रक्त्तदान आयोजना गरेका हौ सभापति आलेले भने ।
कांग्रेस तनहुँका सभापति एवम गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जीतप्रकाश आलेले बलड व्याक पहिलो रक्त्तदाता सुमन थापामरलाई हस्तान्तरण गरे । नेपाल रेडक्रस सोसाईटी तनहुँ रक्त्तसंचार केन्द्रको प्राविधिक सहयोगमा रक्त्तदान सम्पन्न गरेको हो ।
प्रतिक्रिया दिनुहोस