कावासोती, – शिवशक्ति नवदुर्गा आत्मिक प्रतिष्ठान, कावासोती–१५, गोडारका पुजारी श्री टिकाराम काफ्लेलाई घाटीको क्यान्सर भएको पुष्टि भएपछि उहाँको उपचारका लागि संस्थाले रु २५,००० (अक्षरुपीः पच्चिस हजार रुपैयाँ) आर्थिक सहयोग हस्तान्तरण गरेको छ।
उक्त सहयोग रकम पूर्व समितिका पदाधिकारीहरू, वर्तमान समितिका सचिव, कोषाध्यक्ष तथा सदस्यहरूको सक्रियतामा संकलन गरी पुजारी काफ्लेलाई प्रदान गरिएको संस्थाका अध्यक्ष बाेधराज गैरेले जानकारी दिनुभयाे ।
संस्थाका तर्फबाट पुजारी काफ्लेको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै आगामी उपचारमा थप सहयोग जुटाउने कार्य समेत निरन्तर चलिरहेको जनाइएको छ।
यसै सन्दर्भमा, पुजारी श्री काफ्लेको उपचारका लागि सहयोग गर्न इच्छुक महानुभावहरुले निम्न व्यक्तिहरुसँग सम्पर्क गर्न सक्नेछन्:
१. वोधराज गैह्रे – ९८५७०४१७९३
२. विमल गैह्रे – ९८४४७४९३३२
३. गणेश श्रेष्ठ – ९८४७००६७५२
४. डासीराम वस्याल – ९८५७०२८०००
५. शिव प्रसाद काफ्ले – ९८४७१४३०३७
६. पुष्पराज वराल – ९८४७०९४२६६
शिवशक्ति नवदुर्गा आत्मिक प्रतिष्ठानले सबै दयालु एवं सहयोगी मनहरुलाई मानव सेवामा सहभागी हुन अपिल गरेको छ।
प्रतिक्रिया दिनुहोस