२ जेठ २०८२ शुक्रबार | 16 May 2025 Fri

राष्ट्रिय युवा संघ नेपाल नवलपुरको स्थापना दिवसमा ३९ जनाले गरे रक्तदान

  • समर रानाभाट
  • २४ घण्टा अघि
  • पाठक संख्या ६९


  • राष्ट्रिय युवा संघ नेपाल नवलपुरको स्थापना दिवसमा रक्तदान
    राष्ट्रिय युवा संघ नेपालको ३६ औ स्थापना दिवसको अवसरमा बिहिबार नवलपुर जिल्लाको सदरमुकाम कावासोतीमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । राष्ट्रिय युवा संघ नेपाल नवलपुर र कावासोती नगर कमिटिको आयोजना तथा नेपाल रेडक्रस शोसाईटी उप शाखा कावासोतीको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम आयोजना गरिएको जनाईएको छ ।
    रक्तदान कार्यक्रममा ३९ जनाले रक्तदान गर्नु भएको राष्ट्रिय युवा संघ नेपाल नवलपुरका कोषाध्यक्ष प्रविन सापकोटाले जानकारी दिनुभयो । 
    रक्तदान कार्यक्रमको उद्धाटन गर्दै नेकपा एमाले केन्द्रिय सदस्य एवम् संविधान सभा सदस्य कृष्ण पौडेलले युवाहरु सृजनात्मक र रचनात्मक कार्यमा लाग्नुपर्ने बताउनु भयो । 
     रक्तदानमा कार्यक्रम युवा संघ नेपाल, नवलपुका अध्यक्ष रमेस ढकालको अध्यक्षतमा सम्पन्न भएको छ ।