६ फागुन, नवलपुर ।
कुमाल समाज नेपाल तनहूँको अध्यक्ष्यमा पुनः आलोक कुमाल निर्वाचित हुनु भएको छ । शनिबार सम्पन्न चौथौ जिल्ला अधिवेशनमा भएको चुनावबाट आलोकका प्रतिस्पर्धी व्यास नगरपालिकाका छबिलाल कुमाललाई फराकिलो मतान्तरले पराजित गर्दै ६३ मत सहित आलोक जिल्ला अध्यक्षमा पुनः निर्वाचित हुनु भएको हो ।
छबिलाल कुमालले १२ मत प्राप्त गर्नु भएको थियो । यस्तै उपाध्यक्षमा दिपक कुमाल निर्वाचित हुनु भएको छ । उहाँले घिरिङ गाउँपालिकाका छबिलाल कुमाललाई फराकिलो मतान्तरले पराजित गर्दै ५७ मत सहित उपाध्यक्ष पदमा निर्वाचित भएको निर्वाचन मण्डलले जनाएको छ ।
घिरिङका छबिले १८ मत प्राप्त गर्नु भएको थियो । कुमाल समाज नेपाल केन्द्रका सचिवद्धय मदन कुमाल र शिव कुमाल निर्वाचन मण्डलको भूमिकामा रहनु भएको थियो । जिल्लाका स्थानिय तह अन्तरगतका कुमाल नगर समिति र जिल्ला पदाधिकारी गरी चुनावमा कुल ७५ जनाले मतदान गरेका थिए । चौथौ अधिवेशनले १७ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ ।
जिल्लाको शुक्लागण्डकी नगरपालिका ८ किमलडाँडामा सम्पन्न अधिवेशनले नयाँ कार्यसमिति गठन गरेको हो । जसको महिला उपाध्यक्ष्यहरुमा मार्टिना कुमाल र रिता कुमाल सर्वसम्मत चयन भएका छन् । भने सचिवमा सीता कुमाल , सहसचिवमा चित्र बहादुर कुमाल , कोषाध्यक्षमा धन बहादुर कुमाल रहेका छन् ।
यस्तैगरी सदस्यहरुमा ईना माया कुमाल , सोम बहादुर कुमाल , सविता कुमाल , रजनी कुमाल , बसन्ती कुमाल , भिम बहादुर कुमाल , सँगीता कुमाल र भरतमोहन कुमाल सर्वसम्मत चयन भएको नवनिर्वाचित जिल्ला उपाध्यक्ष रिता कुमालले बताउनु भयो । अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्नु हुँदै कुमाल समाज नेपालका केन्द्रीय अध्यक्ष तेल बहादुर कुमाल विशालले भाषा सँरक्षणमा एकजुट हुनु पर्ने बताउनु भएको छ ।
कार्यक्रमको प्रमुख अतिथि रहनु भएका कुमालले पछिल्लो समय कुमाल समुदायको भाषा, धर्म, सँस्कार ,सँस्कृति लोप हुँदै गइरहेकाले यसको सँरक्षण गर्नका लागि कुमाल समुदायमा फुट नभइ एकताबद्ध हुन् पर्नेमा जोड दिनुभयो । यस्तैगरी उहाँले कुमाल समुदायको हकहित र अधिकार प्राप्तीका लागि सदैव लागि पर्ने समेत बताउनु भएको छ ।
कार्यक्रम जिल्ला अध्यक्ष आलोक कुमालको अध्यक्षतामा रहेको थियो । कार्यक्रममा कुमाल समुदायका विभिन्न परम्परागत मौलिक नाच प्रस्तुतीका साथै कुमाल समाजका २१ जना सँस्थापक व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस