सुर्य सुवेदी ,नवलपुर
हिजोआज प्राय भेटिएका मानिसहरु खुशी देखिदैनन् । सन्तुष्ट देखिदैनन् । उत्साह देखिदैन । कारण के हो ? काम नपाएर ? पैसा नभएर ? खुशी नभएर ? सबै भएर ? या अरु के भएर ? महत्वकाँक्षा वढी भएर ? आफ्नै कारण ? राज्यका कारण ?
यहि वसिरहेका साथीहरु भन्छन् –नेपालमा भविश्य नै छैन । विदेश गएका साथीहरुको पनि कुरा सुन्छु –नेपालमा भविश्य छैन । फेरि कतिको उपदेश पनि सुन्छु –विदेशमा भविश्य र खुशी दुवै छैन । नआउनुस् ।
खासमा भविश्य कहाँ छ ? खुशी कहाँ छ ? र केमा छ त ?
हामीले केलाई आफ्नो भविश्य ठान्ने ? भविश्य भनेको के हो ? भविश्यको लागि धेरै पैसा जम्मा गर्ने हो कि ? भविश्यमा ठूलो मान्छे बन्ने हो कि ? भविश्यमा बाबुआमालाई सुख खुशी दिने हो कि ? छोराछोरीलाई पढाउने लेखाउने हो कि ? उनीहरुलाई धनी र सुखी बनाउने हो कि ? भविश्यमा आफै मोजमस्ती गरेर दिन विताउने हो कि ? तपाईले भन्नुभएको भविश्य के हो?
हुन त फरक फरक योजना र सोच होला सबैको । तर हामी प्रष्ट हुनुपर्ने हामी सुख खुशी खोज्दैछौं या भविश्य ? हाम्रा लागि आवश्यक वर्तमानमा सुख र खुशी हो कि भविश्य ? हाम्रो प्राथमिकता के हो ? आवश्यकता के हो ? रोजाई के हो ? रोज्नुपर्ने के हो ?
हामी नेपाली नेपालमा खुशी नभएर कहाँ खुशी हुन्छौं त ? खुशी नहुनुको कारण पो खोज्ने हो कि ? अमेरिकनहरु नेपालमा आएर किन गाई पालेर वसिरहेका छन् । केहि युरोपका युवाहरु नेपालमा किन खेति गरेर बसेका छन् । सायद सुखकै खोजि त होला । हुनत सुख खुशी र भविश्य मानिसले फरक फरक कुरामा देखिरहेको हुन्छ । भेटिरहेको हुन्छ । यो निकै जटिल विषय पनि हो ।
तर हामीले सुख खुशी र भविश्यको परिभाषालाई अलिकति फरक कोणबाट हेर्ने हो कि ? अभाव मात्रै दुखको कारण हो त ? खुशी सम्पत्ति आर्जनमा मात्रै छ त ? सबैको सम्मिश्रणले मात्रै खुशी ल्याउन सक्छ होला । कसैलाई सानो कुराले खुशी देला । कसैलाई ठूलो कुराले पनि नदेला । कसैलाई ध्यानले पनि खुशी र सुख देला । कसैलाई ठूलठूला दरवारमा वसेर रोल्स रोयसमा सयर गर्दा पनि खुशी नमिल्ला । मिल्दैन पनि ।
त्यसैले हामी खुशी सुख र भविश्यको वारेमा आफ्नो देशलाई मात्रै दोष नदिने हो कि ? शासकलाई निकाल्नुपर्ने हो कि ? व्यवस्था परिवर्तन गर्नुपर्ने हो कि ? राम्रो शासक खोज्नुपर्ने हो कि ? विदेशमा भविश्य भन्दा आफ्नै देशमा रोजगारीका अवसरहरु खोज्नुपर्ने हो कि ? आफैले केहि सिर्जना गर्नुपर्ने हो कि ?
मानिस अहिलेसम्म संसारभरि सुख र खुशिकै खोजीमा भौतारिरहेको छ । तर कतै पनि खुशी र सुख भेटेर टक्क अडिन सकेको छैन । उसले कहिले कहाँ खुशी भेटछ सुख भेट्छ । थाहा छैन । तर उ त्यसको पछाडि दौडिन भने छाडेको छैन ।
के मानिसलाई पैसाले सुख र खुशी दिन सक्छ । भविश्य बनाईदिन सक्छ ? अहिलेको समयमा पैसाले धेरै हदसम्म मानिसलाई भौतिक सुख सुविधा अवश्य पनि दिन सक्छ । तर सबै कुरा पैसाले मात्र दिदैन। हामी भविश्यको खोजीमा भन्दा पैसाको खोजीमा धेरै लाग्यौ अब उद्यमको खोजीमा लाग्ने हो कि ? आयआर्जनको खोजीमा लाग्ने हो कि ?
आध्यात्मिक सुख र खोजीको बाटोमा पनि लाग्ने हो कि ? प्रकृतिको खोजीमा लाग्ने हो कि ? प्रकृतितिर पो लाग्ने हो कि ? तपाईलाई तनाव भएको बेला ,कुनै खोलाको छेउमा बस्दा ,कुनै तलाउको छेउमा बस्दा ,कुनै जंगलको आडमा बस्दा ,कुनै पशूपंक्षिको नजिकमा बस्दा पनि आनन्द आउँछ हैन ? खुशीको वैकल्पिक बाटो पो खोज्ने हो कि ? सुखको अलग परिभाषा पो चाहिने हो कि? तसर्थ हाम्रो नगरले कार्यान्वयनमा ल्याएको हाम्रो खुशी पाठ्यक्रमले अवश्य पनि बिद्यालय,परिवार, समाज, नगर हुदै राष्टमा नै खुशी ल्याउने छ। साथीहरु !!!!
प्रतिक्रिया दिनुहोस