३ जेठ २०८२ शनिबार | 17 May 2025 Sat

भाइटीकाको शुभ साइत कार्तिक १८ गते बिहान ११:३७ बजे

  • समर रानाभाट
  • ७ महिना अघि
  • पाठक संख्या २६२

  • काठमाडौं । नेपाल पञ्चांग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ । समितिको आजको बैठकले कार्तिक १८ गते बिहान ११:३७ बजे भाइटीकाको साइत शुभ रहेको निर्णय गरेको कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले जानकारी दिए । पश्चिम मोहडा गरेर भाइटीका लगाउनु पर्ने पनि समितिले जनाएको छ । नेवार समुदायहरुले मनाउने किजापूजा पनि त्यसै दिन गर्नु पर्ने जनाइएको छ । यस वर्षको यमपञ्चक अर्थात् नेपालीको दोस्रो ठूलो चाड शुभ दीपावली ( तिहार ) कार्तिक १३ गतेदेखि शुरु हुँदै छ । कार्तिक १३ गते नै धनत्रयोदशी ( धनतेरस ) पर्व मनाइन्छ ।

    त्यसैगरी, यमदीपदान भने कार्तिक १४ गते परेको छ । काग तिहार पनि कार्तिक १४ गते नै मनाउनु पर्ने समितिले जनाएको छ । आयुर्वेदका प्रवर्तक धन्वन्तरीजयन्ती पनि कार्तिक १४ गते नै मनाइन्छ । यस्तै, कुकुर तिहार, नरक चतुर्दशी, दीपमालिका र लक्ष्मीपूजा पनि कार्तिक १५ गते मनाउनु पर्छ । कार्तिक १६ गते औँसी परेको छ, त्यस दिन भने तिहारको कुनै पर्व नपरेको समितिले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यसैगरी, कार्तिक १७ गते गाईगोरु पूजा, गोवर्द्धन पूजा, बलि पूजा, हलीतिहार, म्हपूजा र नेपाल संवत् ११४५ प्रारम्भ पनि परेको छ । कार्तिक २२ गते छठ पर्व परेको पनि समितिले जनाएको छ ।