तनहुँको घिरिङ गाउँपालिका वडा नम्बर - १ स्थित बालिघाटमा हरिबोधनी एकादशी दिन मेला हेर्नको देखिएको भक्तजनको घुइँचो । मेला हेर्न नवलपुर , तनहुँ , पाल्पा , लगायताका जिल्ला बाटभक्तजन बालिघाट आईपुगेका छन् ।
हरिबोधनी एकादशीको अवसरमा आज तनहुँका विभिन्न स्थानमा फुलको तोरण तार्नुका साथै स्थानीय सस्कृतीमा आधारित सांंस्कृतिक प्रस्तुती प्रस्तुत गरिएको छ ।
मंगलबार जिल्लाको दुलेगौाडा, भिमाद, दमौली, आँबुखैरेनीको आँधिमुल लगायतका स्थानमा तोरण तारिएको छ । प्राप्त जानकारी अनुसार दुलेगौँडाका हिलेटार क्षेत्रमा पाँच, भिमाद र शक्लागण्डकी नगरपालिकाको सिमा स्थल दोभानमा दुई, दमौलीमा दुई र भिमादमा तीन वटा तोरण , घिरिङको बालिघाटमा एक तोरण तारिएको छ ।
प्रतिक्रिया दिनुहोस