३ जेठ २०८२ शनिबार | 17 May 2025 Sat

"नवलपुरमा मल अभाव छैन" : कृषि ज्ञान केन्द्र प्रमुख

  • समर रानाभाट
  • ६ महिना अघि
  • पाठक संख्या १५३


  • दिपेन्द्र रेग्मी, मंसिर १४, कावासोती,

    नवलपुर जिल्लामा रसायनिक मल अभाव नरहेको कृषि ज्ञान केन्द्र नवलपुरले बताएको छ ।
    हिउँदे बाली लगाउने कृषकहरुकालागि तराईका विभिन्न ठाउँमा रासायनिक मल अभाव भएको कृषकहरुले गुनासो गरेको भएपनि नवलपुर जिल्लाको हकमा सबै प्रकारका रसायनिक मल प्रयाप्त रहेको कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख कुल प्रसाद तिवारीले रेडियो कावासोतीलाई बताउनुभएको हो ।
    विषेशगरि मधेसका बारा, पर्सा लगायतका जिल्लामा मल अभाव भएको खबरहरु सुनिएपनि नवलपुरको हकमा कतिपय स्थानियपालिकाले आँफुले प्राप्त गरेको रसायनिक मल समेत नलगेर गोदाममा थुपार्नु परेको तिवारीको भनाई छ ।