नेपालले मलेसियामा जारी यू १९ महिला एसिया कपमा विजयी सुरुवात गरेको छ ।
आफ्नो पहिलो खेलमा सोमबार पाकिस्तानलाई ६ विकेटले पराजित गर्दै नेपाल प्रतियोगिताको सुपर फोरमा प्रवेश गरेको छ । योसँगै नेपाली महिला टोली पाकिस्तानी महिला टोलीलाई पराजित गर्दै इतिहास बनाएको छ । लगातार दोस्रो हार भोगेको पाकिस्तान समूह चरणमै रोकिएको छ । समूह बीको आफ्नो पहिलो खेलमा पाकिस्तान आइतबार भारतसँग ९ विकेटले पराजित भएको थियो । भारत पनि सुपर फोरमा पुगेको छ । मंगलबार हुने नेपाल र भारतबीचको खेलले समूह विजेता र उपविजेताको टुंगो लगाउने छ । किन्नारा क्रिकेट ओभल मैदानमा पाकिस्तानले दिएको १०५ रनको लक्ष्य नेपालले १९ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।
प्रतिक्रिया दिनुहोस