३ जेठ २०८२ शनिबार | 17 May 2025 Sat

चर्चित गायक गायिका बिरेन्द्र माध्यामिक विद्यालयको ६३ औँ वार्षिक उत्सवमा आउँदै

  • समर रानाभाट
  • ५ महिना अघि
  • पाठक संख्या १९२

  • बिरेन्द्र माध्यामिक विद्यालयको ६३ औँ वार्षिक उत्सवमा नेपालका चर्चित गायक गायिकाले प्रस्तुति दिने भएका छन् ।
    नवलपुरको मध्यविन्दु ११ मा रहेको विद्यालयले यहि पुष ३ गते बुधबार विहान १० बजेदेखि वार्षिक उत्सव कार्यक्रम आयोजना गर्ने भएको हो ।
    कार्यक्रममा चर्चित राष्ट्रिय लोकदोहोरि गायिका सम्झना लामिछाने मगर सहित पछिल्लो समयका चर्चित मोडल, गायक एवं कार्यक्रम प्रस्तोता सञ्जय देवकोटाको समेत विषेस प्रस्तुति रहने बताईएको छ ।

    त्यस्तै चर्चित गायक शिव थापा, साथमा बेलाहनी मगर समाजको कौरा नृत्य एवं स्थानिय र विद्यार्थिहरुको समेत विषेश प्रस्तुति रहने विद्यालय व्यवस्थापन समिति अध्यक्ष टक बहादुर ढेंगाले जानकारी दिनुभयो ।