३ जेठ २०८२ शनिबार | 17 May 2025 Sat

तनहुँ र नवलपुरका विभिन्न पालिकामा पाँच दिन दिउँसो विद्युत अवरुद्ध हुने

  • समर रानाभाट
  • ५ महिना अघि
  • पाठक संख्या ४१०

  • दुलेगौंडा, १२  पुष । विद्युतीय संरचना स्तरोन्नतीकोलागि तनहुँ र नवलपुरका विभिन्न पालिकामा विद्युत अवरुद्ध हुने भएको छ । 
    म्याग्दे–५ को दोभानदेखि भिमाद–६ को लखनचोकसम्म विद्युतीय लाइन स्तरोन्नती हुने भएकाले पुष ११ देखि पुष १८ गते विहान ९ देखि दिउँसो ४ बजेसम्म विद्युत अवरुद्ध हुने भएको हो । 

    नेपाल विद्युत प्राधिकरण लेखनाथ वितरण केन्द्रले विहिवार निकालेको सुचनामा भिमाद नगरपालिका, घिरिङ गाउँपालिका, रिसिङ गाउँपालिका, म्याग्दे गाउँपालिकाका र नवलपुरको बौद्धिकाली र बुलिङ्टार गाउँपालिकामा विद्युत सेवा अवरुछ हुने उल्लेख छ । तोकिएको अवधि भन्दा चाडै काम सम्पन्न भएमा  सो अवधि अगावै पनि विद्युत सुचारु हुन सक्ने केन्द्रले जनाएको छ ।