माघ ५भानु
तनहुँकाे भानु नगरपालिका , राष्ट्रिय बाखा अनुसन्धान कार्यक्रम बन्दिपुर, भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र दमौली, बरभन्ज्याङ बाख्रा पालन समुह र नेपाल ब्यबसायीक बाख्रापालक महासंघको संयुक्त आयोजनामा सुक्रबार चाैंथाे राष्ट्रिय बाख्रा दिवस मनाईएकाे हाे ।
"पोसिलो आहार, बाख्रापालनमा गुणात्मक सुधार" भन्ने मुल नाराका साथ राष्ट्रिय बाख्रा दिवसको अवसरमा भानु नगरपालिका वडा नं.५ स्याउली पसलमा भएकाे बाेका प्रदर्शनी प्रतियोगितामा स्थानीय तथा उन्नत बोका प्रदर्शनी कार्यक्रम गरिएकाे हाे ।
: प्रतियोगितामा स्थानीय जाततर्फ चोपकान्त पोखरेल (भानु-५) र उन्नत जाततर्फ मान सिं गुरूङ (भानु-९) काे बाेका पहिलाे , स्थानीय तर्फ बिमला अधिकारी (भानु-६)
उन्नत तर्क काजि थापा (भानु-६) काे बाेका दाेस्राे, स्थानीय तर्फ रोमन बावु अधिकारी (भानु-५) र उन्नत तर्क राम बहादुर गुरूङ (भानु-१) तेस्राे र स्थानीय तर्फ काजिराम अधिकारी (भानु-५) र उन्नत तर्क तिल कुमारी अधिकारी (भानु-४) काे बाेकाले सान्त्वना स्थान प्राप्त गरेकाे नेपाल बाख्रा पालक महासंघ तनहुँका पूर्व अध्यक्ष कुशलचन्द्र अधिकारीले जानकारी दिनुभयाे ।
प्रतिक्रिया दिनुहोस