३ जेठ २०८२ शनिबार | 17 May 2025 Sat

तनहुँ जिल्लाको  बन्दीपुर गाउँपालिका वडा न: ६ज्यामिरे स्वाँरामा महाशिवरात्रीको अबसरमा गाउँ स्तरिय भलिबल प्रतियोगिताको सम्पुर्ण तयारी पूरा

  • समर रानाभाट
  • ३ महिना अघि
  • पाठक संख्या १५१

  • फागुन १३ मंगलबार  २०८१ 
    बन्दिपुर :तनहुँको बन्दीपुर गाउँपालिका वडा नम्बर ६ स्थित ज्यामिरे स्वाँरामा महाशिवरात्री पर्वको अवसरमा दोस्रो श्री सिद्धकप २०८१ गाउँस्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको सम्पुर्ण तयारी पूरा भएको   आयोजकले जानकारी दिएको छ ।  भोलि ११ बजे सम्म टिम दर्ता  गर्न सकिने छ भने १२ टिमको सहभागिता रहेको र भोलि पनि टिम थप हुदै जाने आयोजकले जानकारि दिएको छ । उत्घाटन खेल बन्दिपुर गाउँपालिका कि उपाध्यक्ष पन्च माया गुरुङले गर्ने भएको क्लब अध्यक्ष चिज कुमार गुरुङ (बाबु)ले जानकारी  दिनुभयो ।
    प्रतियोगिताका लागि टिम दर्ता फागुन ५ गतेदेखि १३ गतेसम्म खुला रहनेछ भने खेल फागुन १४ गतेदेखि सुरु हुने आयोजक समितिले जनाएको छ। प्रतियोगितामा सहभागी टिममा ६ खेलाडी र ३ अतिरिक्त खेलाडी  र खेलाडी आफ्नो गाउँको हुनुपर्ने छ ।प्रतियोगितामा विजेता टिमहरूका लागि आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ। प्रथम हुने टिमलाई रु। ३०,००० नगद, मेडल, ट्रफी र प्रमाणपत्र, द्वितीय हुने टिमलाई रु। २०,००० नगद, मेडल, ट्रफी र प्रमाणपत्र, तथा तृतीय हुने टिमलाई रु। १५,००० नगद, मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ।
    त्यसैगरी, प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई पनि विशेष पुरस्कारको व्यवस्था गरिएको छ। बेस्ट स्पाइकर, बेस्ट लिफ्टर र अनुशासित खेलाडीलाई मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।
    प्रतियोगिता सफल बनाउन खेलप्रेमीहरूलाई सहभागी हुन तथा आवश्यक सहयोग गर्न आयोजकले आह्वान गरेको छ।
    महाशिवरात्री पर्वको अवसर पारेर आयोजना गरिन लागेको यो प्रतियोगिताले स्थानीय खेलाडीहरूलाई प्रोत्साहन गर्नुका साथै खेलकुद प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने क्लबका अध्यक्ष चिजकुमार(बाबू ) गुरुङले बताए