जहाँ म जन्मे हुर्के, बढे र शिक्षा आर्जन गरें
जहाँ मैले माया ममता भाषा, संस्कार र संस्कृति सिखे ।
मैले राम्रो वा नराम्रो जे सिखे
यहि समाजबाट सिखें मान वा अपमान
जे पाए यै समाजबाट पाए
म मान्छे बने या पशु जे बने
यै समाजबाट सिखे र बने ।
त्यसैले ए ! समाज पहिले तिमी असल बन
सभ्य, शिक्षित र संस्कारी बन गुणवता बन
मानवता बन अनि,म र हामी र सबै
मेरो यो देश सुन्दर सभ्य बन्छ । मान्छेमा गुण र अवगुण
सभ्यताको बिकास समाजबाट हुन्छ
कलिलो मष्तिकमा चेतना र बिचार समाजबाट पाउँछ सिख्छ
तसर्थ,समाजबाट राम्रो शिक्षा संस्कार पाए
उ राम्रो बन्छ नराम्रो शिक्षा संस्कार पाए
उ नराम्रो बन्छ मान्छे असल वा खराब हुनुमा
समाजको महत्वपुर्ण देन र भुमिका हुन्छ ।
प्रतिक्रिया दिनुहोस