२ जेठ २०८२ शुक्रबार | 16 May 2025 Fri

सर्वोत्तम पिठो बनाउने एडभान्स तालिम सम्पन्न

  • समर रानाभाट
  • ६ दिन अघि
  • पाठक संख्या ७५

  • दुलेगौंडा, २८ बैशाख । 
    शुक्लागण्डकी नगरपालिकाको महिला लक्षित कार्यक्रम अन्तर्गत  तीन दिने सर्वोत्तम पिठो बनाउने एडभान्स तालिम सम्पन्न भएको छ । महिला उद्यमी संघ नेपाल शुक्लागण्डकी नगर इकाई समितिको आयोजना र शुक्लागण्डकी नगरपालिकाको आर्थिक सहयोगमा भएको तालिममा २० जना महिलाको सहभागिता रहेको थियो । तालिमको शनिवार समापन गर्दै शुक्लागण्डकी नगरपालिकाका नगर उपप्रमुख खुम बहादुर विक राजुले अब व्यवसायिक रुपमा लाग्न आग्रह गरे । उनले उत्पादनलाई बजारिकरण गर्न नगरले सहयोग गर्ने बताए । इकाई समिति अध्यक्ष तुलसी शाहको अध्यक्षतामा भएको कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय तनहुँका प्रमुख ज्योति आचार्य, तालिम संयोजक सरस्वती गौतम, सहभागीकोतर्फबाट पार्वती पौडेल, समिति उपाध्यक्ष जोशीला थापा,  सचिव सपना पराजुली लगायतले बोलेका थिए ।  तालिममा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय तनहुँका प्रमुख ज्योति आचार्यले सहजिकरण गरेका थिए । तालिममा सर्वोत्तम पिठो बनाउने तरिका र लेबलिङ गर्नेबारे प्रशिक्षण दिइएको थियो । चामल, मकै, गँहु, कोदो, भटमानस, चना आदि मिलाएर सर्वोत्तम पिठो बनाइन्छ ।