३ जेठ २०८२ शनिबार | 17 May 2025 Sat

नेपाली चलचित्र ‘ के घर के डेरा घर नं २ ’ आजदेखि देशभर प्रदर्शन 

  • समर रानाभाट
  • ७ घण्टा अघि
  • पाठक संख्या ४२

  • काठमाडौं । निर्देशक दिपेन्द्र के खनालको नयाँ सामाजिक सिनेमा ‘ के घर के डेराः घर नम्बर २ ’ आजदेखि देशभर प्रदर्शनमा आएको छ । शहरी गरिबी, डेरावालाको संघर्ष, घरबेटी - डेरावालाबीचको सम्बन्ध र आम नागरिकको जीवनकथा बोकेको यो चलचित्रले सामाजिक यथार्थलाई सजीव ढंगले उजागर गर्न खोजेको छ ।चलचित्रको कथा चर्चित साहित्यकार बुद्धिसागरले लेखेका हुन् । 

    चलचित्रमा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, केकी अधिकारी, आर्यन सिग्देल, उपासना सिंह ठकुरी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायत कलाकारहरूको अभिनय रहेको छ । निर्देशक खनाल सामाजिक विषयमा गहिरो पकड राख्ने सिने निर्देशकका रूपमा परिचित छन् । खनालले यसपटक पनि शहरको वास्तविक जीवनभित्र गहिरिएर त्यहीँ कथालाई पर्दामा उतारेका छन् ।