आज: २०८३ बैशाख २, बुधबार | Wed, 15, Apr, 2026

बाल गायिका दर्पण उपाध्यायको स्वरमा नयाँ गीत ‘ म फूलहरुको बीचमा ’ सार्वजनिक


  • समाचार कुञ्ज
  • २०८२ फागुन २९, शुक्रबार मा प्रकाशित १ महिना अघि
  • ४४ पाठक संख्या
  • काठमाडौं । बाल गायिका दर्पण उपाध्यायको नयाँ सांगीतिक प्रस्तुति ‘ म फूलहरुको बीचमा ’ बुधबार बजारमा आएको छ । पारिवारिक प्रेम र सद्भावलाई कलात्मक रूपमा प्रस्तुत गरिएको यस गीतमा डा. कालिका प्रसाद उपाध्यायको मर्मस्पर्शी शब्दहरू रहेका छन् । उक्त गीतलाई संगीतकार दीपक पाठकले संगीतबद्ध गरेका हुन्, भने पुरुषोत्तम सुवेदीले एरेन्ज ( संगीत संयोजन ) गरेका छन् । ए वान म्युजिसियन स्टूडियोमा रेकर्ड गरिएको यस गीतको मिक्सिङ र मास्टरिङ किशोर थापाले गरेका हुन्, भने रेकर्डिस्टमा राजेश थापा रहेका छन् । त्यसैगरी, उक्त गीतको भिडियोमा स्वयं गायिका दर्पण उपाध्याय र उनको परिवारको अभिनय रहेको छ, जसले भिडियोलाई अझ जीवन्त र वास्तविक बनाएको छ । रुद्र सिंह थापाको कथा तथा निर्देशनमा तयार भएको यस भिडियोलाई प्रदिप थापा मगरले छायांकन, सम्पादन र रङ संयोजन ( कलर ) गरेका छन् ।

    यस्तै, भिडियोलाई सुस्मा त्रिपाठीले निर्माण गरेकी छिन्, भने नृत्य निर्देशन उर्मिला न्यौपाने र श्रृंगार पवित्रा न्यौपानेले गरेकी छन् । उक्त गीतको मिडिया संयोजकमा निराज रानाभाट रहेका छन्, भने मिडिया पार्टनरको रूपमा जन अपडेट रहेको छ । त्यस्तै, उक्त गीत भिडियोको लाइट टेक्निसियनमा मेघराज धिमाल रहेका छन्, भने पोष्ट प्रोडक्सनमा इभर ग्रिन मिडिया नेटवर्क प्रा.लि. र बी६ प्रोडक्सन नेपाल प्रा.लि. रहेको छ । यस गीतको पारिवारिक परिवेशमा आधारित यस भिडियोले दर्शकहरूको मन जित्ने विश्वास निर्माण पक्षले लिएको छ । उक्त गीतको भिडियो कालिका प्रसाद उपाध्यायको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट