३ जेठ २०८२ शनिबार | 17 May 2025 Sat

मानसिक समस्याबाट गुज्रिंदै पत्रकार : मैले हरेक दिन डरलाग्दो सपना देखें

  • समर रानाभाट
  • २ बर्ष अघि
  • पाठक संख्या ११८

  • न्यूज लाउण्ड्री अनलाइनका प्रमुख कार्यकारी अधिकृत अविनन्दन सेखरीले सन् २०२० मा भएको दिल्ली दंगा कभर गरेका दुई संवाददातालाई तलबी बिदा बस्न सुझाए ।

    उनले दुवैलाई केही दिन खबर चक्रबाट पूर्णरुपमा विश्राम दिन चाहेका थिए । किनकि, दुवैको मानसिक स्वास्थ्य अवस्थाबारे उनी चिन्तित थिए । उनले ती दुई पत्रकारलाई बिदा बस्न मात्र भनेनन्, समाचारका स्रोत र सामाजिक सञ्जालबाट पनि टाढा रहन भनेका थिए ।

    कारण – सेखरीले आफ्ना संवाददातामा ट्रमाको संकेत देखिरहेका थिए । हिंसात्मक घटना भएका स्थानमा लामो समयसम्म रिपोर्टिङमा खटिंदाको असर उनीहरुमा देखिएको थियो । भारतमा सेखरी मात्र यस्ता समाचार प्रमुख होइनन्, जसले आफ्ना संवाददातामा ट्रमा र मानसिक स्वास्थ्य समस्याको संकेत देखेका छन् ।

    न्यूज लाउन्ड्री जस्तै अरु मिडिया हाउसहरुले पनि अहिले पत्रकारको मानसिक स्वास्थ्य सरोकारलाई गम्भीरतापूर्वक लिन थालेका छन् र हिंसात्मक क्षेत्रको रिपोर्टिङमा गएको केही समयपछि आराम गर्न समय दिन थालेका छन् ।