माघ १२अन्जान परियार, घिरिङ।
घिरिङमा छातिरोग सम्बन्धी खोजपड्ताल शिविर बाट २ सय ७५ जनाले स्वास्थ्य परिक्षण गराएका छन। प्रादेशिक क्षयरोग नियन्त्रण केन्द्र गण्डकी प्रदेश पोखरा र प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको संयुक्त आयोजनामा घिरिङ गाउँपालिका - ४ गडौलिटार स्वास्थ्य केन्द्रमा एक दिने निशुल्क स्वास्थ्य शिविर संचालन भएको थियो।
एक्स-रे द्वारा छातीरोग सम्बन्धी खोजपड्ताल शिविरमा रक्तचापको ( प्रेसर) जाँच र रगतमा ग्लुकोजको मात्रा (सुगर) को जाँच गरिएको गरिएको घिरिङ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण प्रसाद रिमालले जानकारी दिए।
वडा नं ४ का वडा अध्यक्ष भिम बहादुर कुमालको अध्यक्षतामा भएको सो शिविर कार्यक्रमलाई घिरिङ गाउँपालिकाका अध्यक्ष होम बहादुर थापाले उद्वघाटन गरेका हुन। अध्यक्ष थापाले गाउँघरका मन्छेले बिरामीको लक्षण लाई बेवास्ता गर्ने तथा हस्पिटल सम्म पुगेर जाँच गर्न आर्थिक अभाव हुने समस्याको कारण गाउँपालिकाले बेला- बेलामा निशुल्क स्वास्थ्य शिविर संचालन गरेको बताए। यस्तै कार्यक्रममा गाउँपालिका उपाध्यक्ष राधादेवि अधिकारी र वडा नं २ का अध्यक्ष नर बहादुर थापा उपस्थित थिए।
सो कार्यक्रम स्वास्थ्य शाखा प्रमुख कृष्ण प्रसाद रिमालले संचालन गरेका थिए भने घिरिङ सुन्धारा स्वास्थ्य शाखा प्रमुख प्रीतम थापाले स्वागत मन्तब्य राखेका थिए।
प्रतिक्रिया दिनुहोस