३ जेठ २०८२ शनिबार | 17 May 2025 Sat

रानाभाट / भाट समाजद्दारा तनहुँको करुवाटारका विद्यार्थीहरुलाई पोशाक वितरण 

  • समर रानाभाट
  • ४ महिना अघि
  • पाठक संख्या ३१५

  • तनहुँ । विपन्न समुदाय र पिछाडिएको क्षेत्र नवलपुर र तनहुँको बीचमा बग्ने कालीगण्डकी नदी किनारमा अवस्थित घिरिङ गाउँपालिका -४, करुवाटारमा रहेको श्री कल्याण देवी आधारभूत विद्यालयका विद्यार्थीहरुलाई रानाभाट / भाट समाज गण्डकी प्रदेश कार्यसमितिले विद्यालय पोशाक तथा स्टेशनरी वितरण गरेको छ । कक्षा १ देखि ५ सम्म अध्ययन गर्ने १७ जना विद्यार्थीहरुलाई विद्यालय पोशाक सेट, स्विटर, कपि, कलम प्रदान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि गोरखा जिल्ला अदालतका न्यायाधीश शिव बहादुर रानाभाटले उद्घाटन गर्दै आफू पनि यस्तै विद्यालयमा पढेको स्मरण गर्दै शिक्षक कर्मचारीले मेहनतका साथ इमान्दारी पुर्वक विद्यार्थीहरुलाई शिक्षा प्रदान गरी असल नागरिक बनाउनु हुने छ भन्ने कामना गरेका छन् ।

    सो अवसरमा केन्द्रीय सल्लाहकार तथा फिष्टेल एकेडेमीका संस्थापक चिनु रानाभाटले विद्यार्थी धेरै हुन कि थोरै हुन विद्यालयमा हरियाली र फुल रोपेर आकर्षक गर्न सकिने बताउँदै विद्यार्थीहरुले विद्यालयको वातावरणले पनि धेरै सिक्ने बताए । त्यसैगरी, कार्यक्रममा रानाभाट / भाट समाज गण्डकी प्रदेश कार्यसमितिका वरिष्ठ उपाध्यक्ष अधिवक्ता मिना रानाभाट, घिरिङ गाउँपालिका वडा नम्बर ४ का वडा सदस्य मनबहादुर रानाभाट, साभुङ स्वास्थ चौकी इन्चार्ज मन प्रसाद रानाभाट, कार्यक्रम संयोजक प्रेम रानाभाटलगायतले शुभ - कामना मन्तव्य राखेका थिए । रानाभाट / भाट समाज गण्डकी प्रदेश कार्यसमितिका अध्यक्ष सुरज बहादुर रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रुक बहादुर रानाभाटले स्वागत र संचालन सचिव शिव बहादुर रानाभाटले गरेका थिए ।