२ जेठ २०८२ शुक्रबार | 16 May 2025 Fri

शिक्षकले नै काटिदिन्छन् विद्यार्थीको कपाल

  • समर रानाभाट
  • ४ दिन अघि
  • पाठक संख्या ४६६

  • बैशाख २९

    तनहुँ जिल्लाको घिरिङ गाउँपालिका वडा नम्बर -१ मा रहेको सरास्वती आधारभुत विद्यालयका शिक्षकले विद्यालयमा नै विद्यार्थीको कपाल काटिदिन थालेका छन् । विद्यार्थीले गाउँमा समयमा कपाल काट्न नपाएपछि विद्यालयका सहायक प्रधानाध्यापक सुन्दर अधिकारीले विद्यार्थीहरूको विद्यालयमा  नै कपाल काटिदिन थालेका हुन् ।

    गाउँमा कपाल काट्ने मान्छे नहुँदा विद्यार्थीहरु कपाल काट्न शहर जानुपर्ने बाध्यता थियो । यसरी विद्यालयमा नै पहिलो पटक कपाल काट्ने थालिएको हो । विद्यालयमा शिक्षकहरूले  कपाल काट्ने तालिम नलिएता पनि आफुले जानेको सिप विद्यालयमा नै विद्यार्थीहरुको कपाल निःशुल्क काटिदिने विद्यालयका प्रधानाध्यापकले शेरजन मास्किले   बताए । ‘सबै विद्यार्थीहरुको अब एउटै स्टाइलमा कपाल काटिनेछ’ प्रधानाध्यापक मास्किले  भने ‘सबै विद्यार्थीहरुको  विद्यालयले कपाल काट्नका लागि व्यवस्था गरेको छ । 

    लामो कपाल हुँदा विद्यार्थीलाई असहज हुने र सरसफाइ पनि नहुने भएकाले यस्तो कार्यको सुरुवात गरिएको उनले बताए। यो कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिने योजनामा विद्यालय प्रशासन रहेको प्रअ मास्किले  जानकारी दिए।