३ जेठ २०८२ शनिबार | 17 May 2025 Sat

अन्श सापकोटाको जन्मदिनको अवसरमा जनकल्याण मा.वि.का विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

  • समर रानाभाट
  • ३ महिना अघि
  • पाठक संख्या १६९

  •  तिर्थराज काफ्ले कावासोती, नवलपुर – रोट्राक्ट क्लब अफ कावासोतीका प्रस्तावित सदस्य तथा कावासोती-८ निवासी लक्ष्मी  सापकोटाका सुपुत्र अन्श सापकोटाको जन्मदिनको अवसरमा जनकल्याण मा.वि., कावासोतीमा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको छ।

    शुक्रबार आयोजित जन्मोत्सव विशेष कार्यक्रममा २० जना विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको हो। कार्यक्रम क्लबका अध्यक्ष गोबिन्द सिग्देलको अध्यक्षतामा सम्पन्न भएको थियो।

    अन्श सापकोटाका अभिभावकले आफ्नो सन्तानको जन्मदिनको अवसरलाई सामाजिक सेवासँग जोड्न पाउँदा खुशी लागेको बताउनुभयो। विद्यालयका प्रतिनिधिहरूले समेत यस प्रकारको सहयोगले विद्यार्थीहरूको शैक्षिक यात्रामा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन्।