घिरिङ गाउँपालिकामा सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत सरोकारवालासँग अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू तथा पालिकाका कर्मचारीहरूको सहभागिता रहेको थियो। सहभागीहरूले आप्रवासन प्रक्रियासम्बन्धी आवश्यक जानकारी लिँदै सुरक्षित आप्रवासन प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका थिए।
जिल्ला कार्यक्रम संयोजक लुना रानाले कार्यक्रमको सहजीकरण गरेकी थिइन्। उनले सुरक्षित आप्रवासनका पक्षहरू, जोखिम न्यूनीकरणका उपायहरू तथा कानुनी प्रक्रियाबारे जानकारी गराएकी थिइन्। कार्यक्रमले आप्रवासन सम्बन्धी नीति, योजना तथा स्थानीय तहको भूमिकाबारे छलफल गर्ने अवसर प्रदान गरेको सहभागीहरूले बताएका छन्।
प्रतिक्रिया दिनुहोस